कोहलपुर,२ जेठ/ सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोटका लागि उडेको मकालु एयरलाइन्सको जहाज हराएको छ ।
आज बिहान करिब सवा ६ बजे उडेको जहाज सम्पर्क बिहीन भएको विमानस्थल कार्यालयले जनाएको छ । आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो ।
तर २ घण्टा वितिसक्दा पनि सम्पर्कमा नआएको मकालु एयरको काठमाण्डु कार्यालयले जानकारी दिएको छ । थप अवस्था बुझ्न हेलिकोप्टर पठाइसकिएको छ ।
मकालु एयरका कर्मचारी उत्सब पाण्डेका अनुसार नाइन.एन.ए.जे.यु.कल साइन भएको जहाजमा चालकदलका २ सदस्य मात्रै थिए ।
क्याप्टेन किरण भट्टराई, एयरलाईन्स क्याप्टेन फिजु नेपाली रहेको मकालु एयरले जानकारी दिएको छ । मकालुसँग २ वटा सिंगल इन्जिन भएको जहाज थियो ।
प्रकाशित मिति : २०७५ जेठ २ गते बुधबार









प्रतिक्रिया दिनुहोस्