26 July 2024  |   शनिबार, साउन १२, २०८१

थर्ड एलायन्स सुर्खेतको संयोजकमा राजी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ३०, २०७५  

सुर्खेत,३० वैशाख/ मानव अधिकार अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्नका लागि आईतबार सुर्खेतमा तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को पहलमा अशोक राजीको संयोजकत्वमा १७ सदस्यीय मानव अधिकार रक्षक संजाल गठन गरिएको छ ।

संजालको सह–संयोजकमा गिता कोईराला, सचिव सर्मिला बिसी, सहसचिव जगत दल जनाला बिक, सदस्यहरुमा प्रकाश अधिकारी, घनश्याम केसी, मिलन श्रेष्ठ, टेकेन्द्र बिश्वकर्मा, अन्जली बिसी, जरमाया बाँढा, किमसरा खत्री, इन्द्रा सापकोटा, रिता सापकोटा, राजेन्द्र बान्तोला, भगवती आर्चाय,कमल लामिछाने,सृजना जिसी लगायत रहनु भएको छ ।

थर्ड एलायन्सको पहलमा गठन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले सरकारी कार्यालयबाट सम्पादन हुने क्रियाकलापलाई थप जवाफदेही बनाउनका लागि संजालले माहत्वपूर्ण भूमिमका निर्वाह गर्ने बताए ।

उनले स्थानीय समुदायलाई अधिकार र कर्तव्यका बारेमा सचेतना दिलाउनका लागि हरेक जिल्लामा थर्ड एलायन्स संजाल गठन गरी रहेको बताउदै सुर्खेतमा भई रहेका मानव अधिकार उल्लघनका घटनाहरुको सुक्ष्म तरिकाले अनुगमन गरी राज्यलाई जवाफदेही बनाउन संजालले प्रभवकारी तरिकाले काम गर्ने छ भने थर्ड एलायन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरे ।

प्रकाशित मितिः आइतवार, बैशाख ३०, २०७५     9:06:34 PM  |