कोहलपुर,३० वैशाख/ नेपाली काँग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठोरले नेपाली काँग्रेसको संगठन निर्माण गर्नका लागि नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।
नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ को क्षेत्रीय कार्य समितिको आयोजित नेपाली काँग्रेसका प्रतिनिधि सभा÷प्रदेश सभाका सांसदका साथ शुभकामना आदान प्रदान, सम्मान तथा अन्तत्र्रिmया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको संगठनलाई बलियो बनाउनका लागि वडा स्तरबाटै नयाँ संगठन निर्माण गर्नुपर्ने भन्दै नेता तथा कार्यकर्ताहरुलाई एक भएर संगठन निर्माणमा जुट्न आग्रह गरेका छन् ।
‘काँग्रेसले नेपालको इतिहासमा धेरै उदारणीय काम गरेको छ, अब काँग्रेसको विचारलाई स्थापित गर्न आवश्यक छ’ उनले भने ‘काँग्रेसले लिएको नीतिलाई जनता सामु लिनका लागि नेता तथा कार्यकर्ताहरु अब जनताको घर आगानमा पुगेर पार्टीको संगठनलाई बलियो बनाउनुुपर्छ ।’
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सुरेन्द्र हमालले पार्टीलाई अर्को निर्वाचनमा पहिलो बनाउनका लागि नयाँ सोच र विचारका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पार्टी निर्वाचनमा पराजय हुँदा यूवाहरु निराश हुने अवस्था नआएको बताउँदै देश भरीका यूवाहरु अब संगठन निर्माणमा सक्रिय हुनुपर्नेमा जोड दिए ।
साथै पार्टी भित्रको आन्तरिक गुटलाई अन्त्य गरी पार्टीलाई बलियो बनाउनकालागि नेपाल तरुण दल सकरात्मक भूमिकाका साथ लागि परेको बताए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य भानुभक्त भट्टराईले स्थानीय प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई जनताको काम सहज रुपमा गर्न सुझाव दिएका छन् ।
साथै उनले स्थानिय तहको निर्वाचनबाट निर्वा्चित भएका जनप्रतिनिधिहरुले जनताको समस्यालाई आत्मासाथ गरी जानुपर्नेमा जोड दिए । नेपाली काँग्रेस क्षेत्र नं. १ का पार्टी सभापति माधवराम खत्रीको सभापतित्वमा सम्पन्न भएकोे थियो ।








प्रतिक्रिया दिनुहोस्