‘कृषि क्षेत्रको बजेट सीधै किसानको हातमा’



कविन्द्र परियार : कोहलपुर,२४ वैशाख/  प्रदेश नं.५ की भूमि व्यवस्था,कृषी तथा सहकारी मन्त्री आरती पौडेलले कृषि क्षेत्रमा आउने बजेट सिधै किसानका हातमा पु¥याउने बताएकी छिन् । आइतबार बाँकेको राप्ती सोनारी—९ ढकेरी स्थित महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताएकी हुन् ।

‘कषि क्षेत्रमा आउने बजेट कुनै विचौलियाको हातमा नपरी सिधै किसानका हातमा आउने छ, यसमा ढुक्क हुनुहोस्’ मन्त्री पौडेलले भनिन् । साथै आफ्नो मुख्य काम लालपुर्जा वितरणको काम भएको र भुमिहिनहरुको पहिचान गरी लालपूर्जा वितरण गरिने र गुणस्तरिय मल तथा विउविजन कार्यान्वयनको कानुन बनाई सकेको बताइन् ।

साथै सिक्टा सिँचाईको नहरको भक्ताखोला डाईभर्सनको विषयमा समेत बाँके राष्ट्रिय निकुञ्जलाई निर्देशन दिइसकेको उनले बताइन् । सो अवसरमा सहकारी संस्थाकी अध्यक्ष तेज कुमारी वलीले संस्थाको गोदाम घर निर्माण गरिनुपर्ने, गुणस्तरिय मल किसानहरुलाई अनुदानका रुपमा दिइनुपर्ने, उन्नत जातको विउविजन र सिँचाईको व्यवस्थापन गरिनु पर्ने लगायतका ४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएकी थिइन् ।

संस्थाकी मुख्य व्यवस्थापक मोहन बस्नेतले महिलाहरुद्वारा सञ्चालन गरिएको सहकारी भएको हुँदा उनीहरुको आयआर्जन हुने काममा कृषि क्षेत्रको बजेटको माग गर्दै ज्ञापनपत्र बुझाइएको बताइन् । साथै कार्यक्रममा सहभागी किसानहरुले भारतबाट आयात गरिएको मल गुणस्तरियहिन भएको हुँदा अमेरिका र चीनमा उत्पादित मलको व्यवस्थापन गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रममा पूर्व सभासद अशोक रोकाय, राष्ट्रिय विउ विजनका प्रमुख बालकृष्ण गिरी, राप्तीसोनारी गाउँपालिका वडा नं.९ का सदस्य पूर्ण बहादुर वली, बेला ईन्भेष्टमेन्ट कम्पनीका सञ्चालक जर्नादन प्रसाद अर्याल, समाजसेवी गोपाल गिरी, राप्तीसोनारी गाउँपालिका वडन नं.९ का नेकपा माओवादी
केन्द्रका अध्यक्ष दल बहादुर खड्का, नेकपा एमालेकी अध्यक्ष करुणा चौधरी, नेपाली काँग्रेसका सभापति सिरधर उपाध्याय, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २४ गते सोमबार