कोहलपुरमा साहित्य महोत्सव हुने



कोहलपुर,१७ वैशाख/  अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर कोहलपुरमा बृहत एक दिने घुम्ती साहित्य महोत्सव ( मिनी लिट्रेचर फेस्टिभल ) गरिने भएको छ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजना तथा फाइन प्रिन्टसँग सहकार्र्यमा यही वैशाख १८ गते सो महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, शिवानी सिंह थारु तथा चर्चित साहित्यकारहरु अमर न्यौपाने, युग पाठक, यज्ञस, महेशविक्रम शाह, र नयनराज पाण्डे सहितको टोली वैशाख १८ गते मंगलबार कोहलपुरमा आउने भएको छ ।

पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रममा कलाकार तथा वरिष्ठ आख्यानकारहरुले आफ्ना पुस्तक र साहित्यसँग सम्बन्धित रहेर स्थानीय साहित्यकार तथा पाठकहरुसँग अन्तरसंवाद गर्ने भएका छन् ।

धेरैले रुचाइएका साहित्यकार तथा कलाकारहरुको टोली यसरी पहिलो पटक एउटै मञ्चमा कोहलपुर आउन लागेको हो । नयाँ र पुरानो पुस्ताका चर्चित कलाकार तथा साहित्यकारहरुलाई कोहलपुरमा भेट्न पाउने भएकोले यस क्षेत्रका साहित्यकार, पाठक र दर्शकहरु उत्साहित बनेका छन् ।

कार्यक्रमलाई ऐतिहासिक तथा भव्य सभ्य बनाउन आपूmहरु लागि परेको कार्यक्रम हेर्न जाने दर्शकहरुका लागि प्रवेश निशुल्क रहेको प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले जानकारी दिए ।

साथै उनले उपस्थितिका लागि इच्छुक सम्पूर्णलाई निमन्त्रणा समेत गरेका छन् । उक्त कार्यक्रम कोहलपुरको किरण नाला ( मदनचोक ) मा रहेको होटल सेन्टर प्लाजामा बिहान ११ बजेबाट सुरु हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १७ गते सोमबार