घुससिहत फार्मेसी अधिकृत पक्राउ



कोहलपुर,१२ वैशाख/  औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।

मेडिकल स्टोर दर्ता प्रक्रियामा सहजता बनाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले भट्टराईलाई उनकै कार्यकक्षबाट मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १२ गते बुधबार