कोहलपुर,११ वैशाख/ बैजनाथ गाउँपालिका–१ च्यामास्थित नियमित परिवार नियोजनको साधन प्रयोग गर्ने र नगर्ने बीच अन्तक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
बैजनथा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र चिसापानी स्वास्थ्य चौकीको व्यवस्थापनमा भएको सो अन्तक्रिया कार्यक्रममा अस्थायी साधन प्रयोग गर्ने र नगर्ने बीच अन्तक्रिया गरिएको थियो ।
बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माको प्रमुख आतिथ्यमा भएको सो अन्तक्रियामा प्रमुख अतिथि विश्वकर्माले परिवार नियोजनको प्रयोग गरेर आफ्नो घरपरिवारलाई व्यवस्थीत गराउन अति नै आवश्यक रहेको बताइन् ।
साथै आगामी वर्ष देखि दुई वटा छोरी मात्रै जन्माएर भएपनि परिवार नियोजनको स्थायी साधन गर्ने दम्पतीलाई गाउँपालिकाले सम्मान गर्ने बताइन् ।
सो अवसरमा स्पोज र युएसआइडिले नियमित परिवार नियोजन साधन प्रयोग गर्ने एक स्मार्ट दम्पतीलाई सम्मान गरेको छ । अन्तक्रिया कार्यक्रममा करिव तिस जनाको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्