कोहलपुर,१० वैशाख/ कोहलपुर नगरपालिकाले प्रथम नगरस्तरीय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
सोमबार कोहलपुर नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाका प्रमुख मनप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको नाम र मिति तय गरेको छ ।
नगरभित्र संचालनमा रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, प्याब्सन, एनप्याब्सन तथा क्रिसाका प्रतिनिधिहरु सम्मिलित बैठकले नगर शिक्षा रेग्मीको संयोजकत्वमा ९ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति चयन गरेको छ ।
यस्तै पूर्व राष्ट्रिय टिमका कप्तान लेखबहादुर क्षेत्रीलाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
आगामी जेठ १८ गतेदेखि “अन्तर मावि उपमेयर कप छात्रा रनिङ क्रिकेट प्रतियोगिता–२०७५” सञ्चालन गरिने र त्यसको प्राविधिक तथा फिल्ड ब्यवस्थापन तर्फको सम्पूर्ण जिम्मेवारी मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरलाई प्रदान गर्ने निर्णय गरिएको कार्यक्रम संयोजक क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा नगरभित्र सञ्चालनमा रहेका सम्पूर्ण शिक्षण संस्थामा अध्ययनरत छात्राहरुले प्रतिस्प्रर्धा गर्न पाउने बताइएको छ ।