लायन्स जैविक पार्कको निमार्ण कार्र्य तिव्र परिदै



कविन्द्र परियार : कोहलपुर,१० वैशाख/   बाँकेको बैजनाथ गाउँपालिका—१ गाभरभ्यालीमा करिब २० विगाह क्षेत्रफलमा निर्माण भइरहेको बृहत लायन्स जैविक पार्कको निमार्ण कार्र्य तिव्र पारिएको छ ।

लाईन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ को सहकार्य तथा रारा राजधानी महिला मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको अवधारणमा जैविक पार्क निर्माणको कार्यलाई अगाडि बढाइएको गाभरभ्याली होमस्टेका सञ्चालक तथा समुदायमा आधारित चोरी शिकार नियन्त्रण सञ्जालका अध्यक्ष कृष्ण चौधरी बताए ।

लाईन्स क्लब अफ ईन्टरनेशनल ३२५ बी २ का पुर्व डिष्ट्रीका गर्भनर शेम शाक्यले सुरुमा खाली जमिन रहेको लायन्स क्लबको कुनै चिनो बनाउने उद्देश्य स्थानीयवासीहरुसंगको सहकार्यमा लायन्स जैविक पार्क निर्माण गरिएको बताए ।

‘हामीले सो क्षेत्रको विकासका लागि ३५ लाख रुपैया लागतमा धेरै संरचना बनाई सकेर स्थानीयलाई हस्तातरण गरिसकेका छौं ।’ उनले भने ‘अझै पनि थप एकवटा राण्डटेबुल बनाउने सोचमा छौं’ उनले थपे ।

स्थानीय समुदायको पहलमा निर्माण भइरहेको टिकापुर पछिको दोस्रो ठुलो पार्कका रुपमा निमार्ण भइरहेको सो पार्कमा हालसम्म खेल मैदान, लायन्स स्तम्भ, रिङरोड, वनभोज स्थल, स्वागत गेट, आराम बेन्च लगायतका संरचनाहरु निर्माण भइसकेका छन् ।

स्थानीय समाजसेवी विरेन्द्र शाहले जैविक पार्कको स्तरउन्नतीका लागि यस आर्थिक वर्षमा रु २५ लाख विनियोजन गरिएको र सो रकमबाट तारबार तथा शौचालय लगायतका संरचनाहरु निर्माणका कामलाई अगाडि बढाइने बताए । सो क्षेत्रको काम अगाडि बढाउनका उपभोक्ता समिति समेत गठन गरी काम अगाडि बढाइएको समेत शाहले जानकारी दिए ।

स्थानीय कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धका लागि सो जैविकपार्कले सहयोग गर्ने स्थानीवासीले बताएका छन् । जैविक पार्क निर्माणसँगै सो क्षेत्रको जैविक विविधता संरक्षण हुने र पर्यापर्यटनका लागि सहयोग पुग्ने साथै बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १० गते सोमबार