७२ जनाले गरे रक्रदान



कोहलपुर,९ वैशाख/  लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.चिसापानी तथा बैजनाथ गाउँपालिका वडा नं. १ युवा संञ्जालको सयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम शनिबार चिसापानीमा सम्पन्न भएको छ ।

बैजनाथ गाउँपालिका वडा नं.१ का वडा अध्यक्षले रक्तदान गरेर उद्घाटन गरेको कार्यक्रममा ७२ जनाले रक्रदान गरेका थिए । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.चिसापानीका शेरेन्द्र कुमार सोनीको संयोजकत्वमा गरिएको सो कार्यक्रममा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.का निर्देशक डा.सन्तोष कुमार शर्मा, उपनिर्देशक डा.नितेश कुमार कनोडिया, गायक सुरज थापा लगायतले रक्तदान गरेका थिए ।

विकट जिल्लाहरुकाट आउने विरामीहरुका विपन्न वर्गका विरामीहरुका लागि रक्रदानको आयोजना गरिएको संयोजक शेरेन्द्र कुमार सोनीले जानकारी दिए । कार्यक्रम बैजनाथ गाउँपालिका वडा नं.१ युवा सञ्जालका अध्यक्ष अनिल कुमार थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ९ गते आइतबार