मिसन समाचारदाता कोहलपुर ८ बैशाख,कोहलपुर भित्रका शैक्षिक संस्थाहरुमा मौलएका शैक्षिक विसंगति प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै सयुक्त विद्यार्थी संगठनले कोहलपुर नगर शिक्षा शाखामा ९ बुदें ज्ञापनपत्र बुझाएका छन । \
कोहलपुर क्षेत्रमा रहेका विद्यालयहरुमा रहेका विसंगति विरुद्ध ५ दिनभित्रमा पुरा गर्न जोडदार माग गर्दे बागेश्वरी बहुमखी पब्लिक क्याम्पस कोहलपुरमा स्ववियु सभापति दिनेश के.सी. अनेरास्ववियुका बाँके अध्यक्ष सुमन घिमेरे,राष्ट्रवादी विद्यार्थी संगठनका महामन्त्री विजय काफ्ले,नयाँ शक्ति विद्यार्थी युनियनका प्रदेश नं ५ का संयोजक संगम पोखरेल द्धारा हस्तारित ज्ञापनपत्रमा आफ्ना मागहरु बेवास्ता गरिएमा कडा भन्दा कडा आन्दोलन गर्ने बाध्य हुने बताइएको छ ।
प्रकाशित मिति : २०७५ वैशाख ८ गते शनिबार









प्रतिक्रिया दिनुहोस्