सृजनामा आधुनिक पौडी पोखरी निमार्ण गरिदै, मौसम अनुसार तातो चिसो पानीमा पौडी खेल्न सकिने



कविन्द्र परियार : कोहलपुर,८ वैशाख/  बाँकेको कोहलपुर नगरपालिका—१२ स्थित सृजना सामुदायिक वन उपभोक्ता समुहमा करिब ८ करोडको लागतमा आधुुनिक पौडी पोखरी निमार्ण गरिने भएको छ ।

बाँके जिल्लामै पहिलो पटक निमार्ण गरिन लागेको पौडी पोखरी पहिलो चरणमा कोहलपुर नगरपालिकाको रु २० लाख र सृजना सामुदायिक वन उपभोक्ता समुहको ३ लाख लागतका निमार्ण गरिन लागेको पौडी पोखरीको गत चैत २५ गते कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले शिलान्यास गरेर पौडी पोखरीको काम अघि बढाइएको सृजना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दशरथ पराजुलीले जानकारी दिए ।

कोहलपुर भ्युटावरको छेउमै निमार्ण गरिन लागेको सो पौडी पोखरीको पोखरी निर्माण तथा सोलिङको काम सम्पन्न भइसकेको छ । ६ फिट उचाई र करिब ३३ मिटर लम्बाई रहेको सो पौडी पोखरीमा एकैपटकमा २५ देखि ३० जनाले पौडी खेल्न सकिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

‘हामी मौसम अनुसार तातो चिसो पानी सहितको स्वीमीङ गर्ने सकिने स्वीमीङपुलको निमार्ण गर्दैछौ’ उनले भने । तीन वटा छाता आकारमा पानी खस्ने स्तम्भ निर्माण गरी पौडी पोखरीको चारैतिर अत्याधुनिक बत्ती जडान गरेर रातीमा समेत पौडी खेल्न सकिने र पौडी पोखरीबाट निस्कने पानी तल माछा पोखरीमा खसाली सो पोखरीमा डुङगा शयर गर्ने व्यवस्था समेत मिलाइने भएको छ ।

सो क्षेत्रमा रहेको भ्युटावर हाल सम्म करिब १ लाख २० हजार बाह्य तथा आन्तरिक पर्यटकहरुले अवलोकन गरेको सामुदायिक वनले उपभोक्ता समुहले जनाएको छ । साथै उक्त स्थानलाई थप आकर्षक बनाउने १२ पिर्के पिङ निमार्ण गरिने तथा जङ्गल सफारी गर्ने तयारी भइरहेको बताइएको छ ।

सो स्थानमा पहिले नै ३ हेक्टरमा वाटिका निमार्ण चिल्डे«न पार्क गोलघर प्रतिक्षालय निमार्ण गरिसकिएको छ भने पछिल्लो समयमा आगन्तुक पर्यटकहरुको मागलाई मध्यनजर गर्दै समहुका उपभोक्ताद्धारा रेष्टुरेन्ट एण्ड कटेज संञ्चालनमा ल्याइएको छ ।

सो क्षेत्रको विकासका लागि जिल्ला वनस्पति कार्यालय, पर्यटन कार्यालय कोहलपुर, नगरपालिका लगायतका संघ–संस्थाहरुले सहयोग गरेको सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ८ गते शनिबार