बर्दिया,५ बैशाख/ माटोको ढिस्कोमा पुरिएर मंगलबार बिहान एकजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । जिल्लाको मधुवन नगरपालिका–५ की २५ वर्षीया गणेश शाहीको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
शाहीसँगै माटो लिन गएकी सोही ठाउँकी २१ वर्षीया सुर्जा शाही र २६ वर्षीया सुस्मिता बिक घाइते भएकी छन् । घर लिपपोतका लागि उनीहरु बिहानै माटो लिन घर नजिकैको डाडे सामुदायिक वनमा गएका थिए ।
खाल्डोबाट माटो खनेर निकाल्ने क्रममा एक्कासि ढिस्को खसेपछि शाहीको घटनास्थलमै ज्यान गएको बताइएको छ । ढिस्को खस्दा घाइते भएकी सुर्जा शाही गर्भवती रहेको र उनको खुट्टामा गम्भीर चोट लागेको छ । अर्की सुस्मितालाई भने सामान्य चोट लागेको बताइएको छ ।
घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ वैशाख ५ गते बुधबार








प्रतिक्रिया दिनुहोस्