12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुदको मिति तोकियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र २९, २०७४  

नेपालगञ्ज,२९,चैत/ आठौं राष्ट्रिय खेलकुदको मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बुधबार सातदोबाटोमा बसेको १०९ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।

यसअघि आठौं राष्ट्रिय खेलकुद मंसिरमा गर्ने निर्णय भएपनि मिति भने तोकिएको थिएन । नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिट्नेसको आयोजनामा दोश्रो राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियनसिप भदौ १ र २ गते काठमाडौंमा हुने भएको छ ।

कुल ८ लाख १० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा विभिन्न ३ विधामा प्रतिस्पर्धा हुने संघका महासचिव अजय वज्राचार्यले जनाएका छन् । पुरुष शारीरिक सुगठन, खुला पुरुष फिजिक र खुला महिला फिट्नेसमा प्रतिस्पर्धा हुनेछ ।

शारीरिक सुगठनतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् ।

शारीरिक सुगठनतर्फ अभरअल विजेतालाई ३ लाख नगदबाट पुरस्कृत गरिने छ । पुरुष फिजिकमा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

महिला फिट्नेसमा शीर्ष तीन स्थान हात पार्नेले पनि पुरुष फिजिककै सरह नगद पुरस्कार हात पार्ने छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३० लाख रुपैयाँ खर्च हुनेछ ।

प्रकाशित मितिः बिहिबार, चैत्र २९, २०७४     7:40:11 PM  |