कोहलपुर,२८ चैत/ बाँकेको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै आज एक महिलाको शब फेला परेको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.३ बस्ने अन्दाजी २८ बर्षिया कल्पना शाही मृत अबस्थामा फेला पर्नु भएको हो ।
मृतक शाही कोहलपुरमा बसपार्क वरीपरी बेला बेलामा नसामा भेटिने गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिनुभयो ।
मृतक शाहीका श्रीमान नेपाली सेनामा कार्यरत रहेका र हाल उहाँ शान्ति मिसनमा गएको बताईएको छ । मृतकका ७ बर्षका छोरा समेत रहेको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ चैत २८ गते बुधबार








प्रतिक्रिया दिनुहोस्