बर्दिया,२८ चैत/ बर्दियाको गुलरियामा हुने मावि प्रतिभा पहिचान प्रतियोगितामा सहभागिताको लागि विद्यार्थी छनोट गरिएको छ ।
आज २८ गते हुने मावि प्रतिभा पहिचान प्रतियोगितामा सहभागिताको लागि मंगलबार गोल्डेन फ्युचर बोडिङ्ग स्कुल बेलवामा छनोट प्रतियोगिताको आयोजना गरी नृत्य, निवन्ध लेखन र चित्रकलामा १÷१ जना गरी ३ जनाको नाम छनोट गरिएको छ ।
नगर स्तरीय प्रतिभा पहिचान प्रतियोगितामा नृत्यतर्फ गोल्डेन फ्युचर बोडिङ्ग स्कुल बेलवाकी पवित्रा सुनार, निवन्ध लेखनमा बाँसगढी एकेडेमीका कृष्ण चापागाँई र चित्रकलामा बालज्योति एकेडेमी ककौराका गोकर्ण चौधरीले सहभागिताको लागि छनोट भएका हुन् ।
छनोट प्रतियोगितामा नृत्यतर्फ गोल्डेन फ्युचर बेलवाकी पवित्रा सुनार प्रथम, बालज्योेति एकेडेमी ककौराकी एलिसा चन्द द्वितीय र बाँसगढी एकेडेमीकी अस्मिता ढकाल तृतिय भएकी छिन् ।
चित्रकलामा बालजयोति एकेडेमीबाट गोकर्ण चौधरी प्रथम, बाँसगढी एकेडेमीबाट लेयानाथ पाण्डे द्धितिय र गोल्डेन फ्युचरबाट ईशु थारु तृतिय भएका छन् भने निवन्ध लेखन छनोट प्रतियोगितामा बाँसगढी एकेडेमीबाट कृष्ण चापागाँई प्रथम, नेरा मावि बाँसगढीका अरविणा तिमेल्सेना द्वितीय र गोल्डेन फ्युचर बेलवाकी बिमला बस्नेत तृतिय भएका छन् ।
बाँसगढीका स्रोत व्यक्ति ढाकाराम ढकाललको सभापतित्वमा भएको छनोट प्रतियोगितामा विद्यालय निरीक्षक रबिलाल मिजार प्रमुख अथिति तथा गोल्डेन फ्युचर बोडिङ्ग स्कुल बेलवाका प्रिन्सिपल सतिस चौधरी विशेष अथितिका रुपमा रहेका थिए ।