6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

सेतु विक स्मृति क्रिकेटमा न्यू दर्पण र सचेत युवा मञ्च विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २५, २०७४  

नेपालगन्ज,२५ चैत/  बाँकेको खजूरा गाउँपालिका–४ इगाउँमा जारी शहीद सेतु विक स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबारका खेलमा आयोजक न्यू दर्पण डायमण्ड र सचेत युवा मञ्च ए गाउँ विजयी भएका छन् ।

पहिलो खेलमा सचेत युवा मञ्चले भगवती क्रिकेट क्लब हसनापुरलाई ९ विकेटले पराजित ग¥यो । टस हारेर ब्याटिङ्गमा उत्रिएको हसनापुरले १०.२ ओभरमा सम्पूर्ण विकेट गुमाई ३८ रन बनाएकोमा सचेतले ३ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पारे ग¥यो । सचेतका आशिष विष्ट म्यान अफ द म्याच भए ।

यसैगरी दोस्रो खेलमा आयोजक न्यू दर्पण डायमण्डले जानकी युथ क्लब खजुराखुर्दलाई ४२ रनले पराजित ग¥यो । टस जितेर ब्याटिङ्ग गरेको दर्पणले १४ ओभरमा सम्पूर्ण विकेट गुमाई ९५ रन बनाएकोमा जानकीले १२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५३ रनमा सिमित भयो । म्यान अफ द म्याच सादाव हुसेन भए ।

प्रतियोगिता अन्तर्गत आइतबार न्यू मनकामना र न्यू डाफे तथा शिवपुरी शिवपुर र भगवती स्पोर्टस क्लबबीच खेल हुने आयोजक न्यू दर्पर्ण युवा क्लबका अध्यक्ष दलबहादुर बिसीले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, चैत्र २५, २०७४     8:09:13 PM  |