कोहलपर,२५ चैत/ बाँकेको राप्तीसोनारी गाउपालिकामा आज २५ देखि २९ गतेसम्म १०औं विद्यालय स्तरीय रनिङ शिल्ड प्रतियोगीता हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति बाँकेको आयोजना, जिल्ला शिक्षा कार्यालयको सम्मन्वय र सरस्वती मावि भवानियापुरको व्यवस्थापनमा उक्त प्रतियोगिता हुने भएको हो ।
१८ वर्षको अन्तरालपछि आयोजना गरिन लागेको १०औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ ।
७४ विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । १५ लाखको लागतमा हुने प्रतियोगितामा, राप्तीसोनारी गाउँपालिकाबाट ६ लाख, जिल्ला खेलकुद विकास समितिबाट २ लाख र वडा नं. ३ र ४ बाट ५०÷५० हजार रकम सहयोग प्रदान भएको आयोजकले जनाएको छ ।
७४ वटा विद्यालयको सहभागिता रहने प्रतियोगितामा एक विद्यालयबाट ४ हजार शुल्क लिइएको छ । आइतबारदेखि सुरु हुने रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन बाँकेका क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज र गाउँपालिकाका प्रमुख लाहुराम थारुले गर्नुहुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।









प्रतिक्रिया दिनुहोस्