‘सिप जानेकालाई लाईसेन्स दिनुपर्छ’ नगरप्रमुख रावत



कविन्द्र परियार : कोहलपुर,२५ चैत/  कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले अटोरिक्सा चलाउने सिप भएकालाई सावरी चालक अनुमतिपत्र (लाईसेन्स) दिनुपर्ने बताएका छन् ।

शनिबार बाँकेको राप्तीसोनारी–९ ढकेरीमा सम्पन्न मध्यपश्चिम जनसेवा यातायात प्रालिको दास्रो साधारण सभा तथा वार्षिक उत्सवमा बोल्दै सो कुरा बताएका हुन् ।

ट्याक्टरको लाईसेन्स निकाल्दा लिखित परीक्षा नदिनु पर्ने तर निरक्षर अटोरिक्सा चालकले लिखित परीक्षा लिए मात्र लाईसेन्स पाउने प्रावधान ठिक नभएको बताए । ‘सिप जानेको छ भने लाईसेन्स दिनुपर्छ’ उनले भने ।

‘अटोरिक्साका चालकका लागि हामीले के गर्नपर्छ हामी समस्या हल गर्न तयार छौं’ प्रमुख अथिति समेत रहेका रावतले भने । कार्यक्रममा बोल्दै मध्यपश्मि जनसेवा यातायात प्रालिका अध्यक्ष विश्वराज खनालले अटोरिक्साले गाउँ–गाउँमा एम्बुलेन्सको काम गरेर मानविय सेवा गरिरहेको बताउँदै जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकामा रुट परमिट दिनुपर्ने बताए ।

साथै उनले राप्तीसोनारी, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका भित्रका जुनसुकै व्यक्तिलाई सर्पले डसेको खण्डमा भेरी अञ्चल अस्पताल सम्म निशुल्क रुपमा पु¥याउने घोषणा गरे हामी नाफा मुखी भन्दा पनि सेवामुखी कार्यमा छौ स्थानीय सरकारले हाम्रो समस्या बुझिदिनु प¥यो उनले भने साथै बैशाख १ गतेदेखि व्यवस्थित रुपमा पार्किङ्ग सहित सेवा विस्तार गरिने बताए ।

कार्यक्रममा विष्टि अतिथि ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमालले अटोरिक्साले ग्रामिण भेगका बासिन्दालाई सस्तो दरमा अस्पताल सम्म पु¥याउने काम गरेर पुण्य कमाउने काम गरेको बताए ।

साथै कुनै पनि समस्या परेमा ईलाका प्रशासन सहयोग गर्न तयार भएको बताए । त्यस्तै कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले केही समयका लागि नगर विकास समितिले पार्किङ्गका लागि छुट्याए पनि कुनै पनि स्थायी संरचना नबनाउन सुझाव दिए ।

कार्याक्रममा नियमित ट्रिप शुल्क कट्ने र अनुशासित अटोरिसा चालकलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो । त्यस्तै संस्थाको विकासमा सहयोग पु¥याउने व्यक्तित्वहरुलाई समेत कदरपत्र सहित जम्मा ३२ जनालाई सम्मान गरिएको थियोे । वार्षिक उत्सवमा गायक तिलक बुढाले विभिन्न गीतहरु समेत
प्रस्तुत गरेका थियो ।

साधारण सभामा कोहलपुर ईलाका प्रहरी कार्यालयका  प्रमुख यज्ञ प्रसाद भट्टराई, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक काली बहादुर के.सी राप्तीसोनारी वडा नं ९ का वडा सदस्य पुर्ण बहादुर वली, होटल व्यवसायि संघ बाँकेका अध्यक्ष बलराम भट्टराई, पुर्वपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष धन बहादुर शाही, अखिल नेपाल ट्रेड युनियन बाँकेका का अध्यक्ष वसन्त हमाल कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा जि.एम मोटर्स प्रा.लि का संञ्चालक गोपाल गिरी, युवा नेता नरेन्द्र पाण्डे जेम्स लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रालिका अध्यक्ष विश्वराज खनालको सभापतित्वमा सम्पन्न भएको थियो भने महा–सचिव दिपेन्द्र श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २५ गते आइतबार