यानबी साहु : कोहलपुर,२३ चैत/ कोहलपुर प्रहरीले लुटपाट तथा अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–५ बस्ने १९ वर्षे ज्ञानु पौडेल र सोही ठाउँ बस्ने १८ वर्षे सुरज भन्ने प्रकाश थापा रहेको कोहलपुर इलाका प्रहरी कर्यालय कोहलपुरले जनाएको छ ।
उनीहरुमाथि गत फागुन २९ गते कोहलपुर नगररपालिका–१२ बस्ने अटो रिक्सा चालक भुपेन्द्र शाहीलाई लुटपाट गर्ने उद्देश्यले झक्याएर रातको समयमा कोहलपुर बसर्पाबाट बैजनाथ गाउँपालका–४ स्थित नौलापुर लिएर कुटपिट गरी उनको साथमा भएको तीस हजार नगद सहित लाभा कम्पनीको मोवाइल समेत जर्वजस्ती खोसेर लिएको आरोप लागेको छ ।
अटो रिक्सा चालक शाहीले दिएको निवेदनका आधारमा उनीहरुलाई कोहलपुर बसर्पाक नजिकै हिडिरहेको अवस्थामा हिजो साँझ पक्राउ गरी आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिनुभयो ।