डा. बिनायक विवेक दास (एम.बि.बि.एस)
यही हो समय र समाजको आवश्यकता अनुरुपको प्रगतिशिल चिन्तन। धेरै परिवेश र बहसमा एउटा सवाटल आइरहेको देखिन्छ त्यो हो अब विद्यार्थी राजनीतिको औचित्य छैन्।
नियोनेटल सेप्सीस मेडिकल शब्द हो । यसलाई साधारण भाषामा भन्दा खेर भर्खर जन्मेको नवजात शिशुमा हुने संक्रमण भनेर हामीले बुझ्नु
पर्दछ । यो बिल्कुलै जन्मको दिनदेखि एक महिना पुगेका शिशुहरुलाई हुने गर्दछ । शिशुको रगतमा हुने संक्रमणलाई नै नियोनेटल सेप्सीस भनिन्छ ।
शिशुमा हुने संक्रमण भन्नाले जस्तो कि दिमागको संक्रमण जसलाई मेनिनजाइटिस भनिन्छ, फोक्सोमा हुने संक्रमणलाई निमोनिया भनिन्छ,
मृगौलामा हुने संक्रमणलाई पायलो नेफ्रराइटिज भनिन्छ र आन्द्रामा हुने संक्रमणलाई ग्यास्टोइन्टेराइटिस भनिन्छ यसरी नवजात शिशुका विभिन्न भागमा हुने संक्रमणलाई विभाजित गरिएको
छ । यी सबैको लक्ष्यण भनेको पहिला ज्वरो नै आउनु हो । नियोनेटल सेप्सीस दुई प्रकारको हुन्छ । एउटा चाहिँ बच्चा गर्भबाट जन्मेको एक हप्तामै देखिन्छ कति कतिबेला जन्मेको ७२ घण्टामा पनि देखिन्छ । त्यसै गरि नियोनेटल सेप्सीसको अर्को प्रकार चाहिँ बच्चा गर्भबाट जन्मेको हप्ता दिन पश्चात पनि रहिरहन्छ । विश्व स्वास्थ संगठनको पछिल्लो संवेक्षण हेर्ने हो भने नवजात शिशूको मृत्युको प्रमुख कारण भनेको नियोनेटल सेप्सीस अथवा
नवजात शिशूको संक्रमण हो भन्ने तथ्य हामी पाउदछौँ । नियोनेटल सेप्सीस विशेषत किटाणुको संक्रमण त्यसमा पनि ग्रुप बी स्ट्रेप्टोकोकस, स्ट्रेप्टोकोकल निमोनि, इ.कोलाई, नेसेरिया मेनिन्जाइटिस जस्ता किटाणुहरुको बढी सक्रियताले हुने गर्दछ । नियोनेटल सेप्सीस अथवा नवजात शिशूको
संक्रमण हुने प्रमुख कारणहरु यस प्रकार छन् ।
– बच्चा वजन कम सामान्य भन्दा कमको जन्मिनु ।
– बच्चा गर्भवस्थामा रहेने नौ महिना भन्दा अगावै जन्मिनु ।
– बच्चा र आमाको रगत गुप्र नमिल्नु जसले गर्दा मिसम्याच हुन्छ अनि बच्चालाई त्यसतो अवस्थामा संक्रमण बढ्दछ ।
– बच्चालाई जन्मजातै जेनेटिकल्ली नै खराबी रहेर जन्मिनु ।
– बच्चालाई जन्मेको एक घण्टामा आमाको दूध खुवाउनु पर्दछ यदि त्यसो गरिएन भने ।
– बच्चालाई चिसोबाट जोगाउनु पर्दछ होइन भने बच्चा हाइपोथमियामा गएर संक्रमण बढ्दछ ।
– बच्चाको सालनाल नाबी काट्ने
बेला एकदमै बिचार पु¥याउनु पर्दछ र एकदमै संक्रमण रहित कैचीँ
लगायतका बस्तुहरुको प्रयोग गर्नु पर्दछ होइन भने त्यहिबाट संक्रमण सुरु
हुन्छ ।
– बच्चालाई सफासुघर राखिएन भने नियोनेटल सेप्सीस अथवा नवजात शिशूको संक्रमण हुन्छ । बच्चालाई नियोनेटल सेप्सीस अथवा नवजात शिशूको संक्रमण छ कि छैन
भनेर हामीले सामान्यतया जान्नु पर्दछ । हामीले सामान्यतया शिशूलाई हेरेर र शिशूको गतिविधि हेरेर नियोनेटल सेप्सीस अथवा नवजात शिशूको संक्रमण पत्ता लगाउन सक्छौ ।
– बच्चाको शरिरको तापक्रमा औसद करिव १०० डिग्री भन्दा माथि भएमा ।
– यदि शिशूले एक मिनेटमा ६० भन्दा बढी पटक श्रावस फेरेर छिटो छिटो कोखा हानेमा ।
– शिशूले अघिपछि भन्दा आमाको दूध नचुसेमा ।
– बच्चा अलि तिखो तरिकाले रोएको रोएै मात्र गरेमा ।
– बच्चाको छालाको रंगमा निलो निलो हुदै कुनै परिवर्तन आएमा ।
– बच्चाले अघिपछि भन्दा कम हातखुट्टा चलाएमा ।
– बच्चालाई कुनै किसिमको शरीरमा झट्का आएमा अथवा शरीकको कुनै अङ्ग अनावश्यक रुपमा चलेमा ।
यस्ता कुनै पनि लक्ष्यण देखिएमा बच्चालाई नियोनेटल सेप्सीस अथवा नवजात शिशूको संक्रमण हो भनेर
जान्नु पर्दछ र तुरुन्तै नजिकैको स्वास्थ संस्थामा लैजानु पर्दछ र चिकित्सको सल्लाह अनुसार बच्चाको उपचार गराउनु पर्दछ । बच्चालाई नियोनेटल सेप्सीस अथवा नवजात शिशूको संक्रमण छ भनेर चाहिँ हामी शिशूको रगतको नमुना परिक्षण गरेर मात्रै पक्का गर्न
सकिन्छ ।
अब, हामी हाम्रा नानीहरुलाई नियोनेटल सेप्सीस अथवा नवजात शिशूको संक्रमणबाट जोगाउने र
अरुलाई पनि कसरी जोगाउन मद्दत गर्ने भनेर घरेलु उपायहरु जानिराख्नु पर्दछ । विशेष गरेर नवजात शिशूको आमाले आफ्नो दैनिक जीवनमा यी कुराहरुलाई सावधानी पूर्वक अपनायो भने बच्चाहरुलाई नियोनेटल सेप्सीस अथवा नवजात शिशूको संक्रमणबाट जोगाउन सकिन्छ ।
– पहिलो कुरा त हामीले गर्भवती आमालाई अस्पतालमा गर्भ गराउनु पर्दछ ।
– जन्मदाँ बितिकै अथवा जन्मेको एक घण्टाभित्र आमाको दूध प्रसस्त मात्रामा खुवाउनु पर्दछ ।
– नवजात शिशूलाई कहिले पनि जन्मदाँ बित्तिकै नुहाँउनु हुदैन ।
– नवजात शिशूलाई खुल्ला गरेर नराख्ने सफा र न्यानो कपडाले बेरेर राख्ने ।
– नवजात शिशूलाई आमाको दूध बाहेक अन्य खाने कुरा केही पनि नखुवाउने ।
– नवजात शिशूको नाख, कान र आँखालाई हल्का मनतातो पानीले बेला बेलामा सफा गरिराख्ने ।
– नवजात शिशूले दिसा, पिसाब ग¥यो भने नियमित रुपमा डाइपर अथवा कपडा फेरिरहने ।
– नवजात शिशूलाई चलाउदाँ सकभर साबुन पानीले हात धोएर मात्रै चलाउने ।
– यदि बच्चाको र आमाको रगत समूह मिस म्याच भएमा तुरुन्तै विशेषज्ञ डाक्टरबाट परामर्श लिई उपचार गराउने ।