यानबी साहु : कोहलपुर,१९ चैत/ कोहलुरमा हुन लागेको नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको मिति सरेको छ ।
बाँके बहिरा क्रिकेट संघको आयोजनामा यहि चैत्र २० गतेदेखि २५ गतेसम्म हुने भनिएको प्रतियोगिता जेष्ठ १४ गते सारिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
आयोजक बाँके बहिरा क्रिकेट संघले आइतबार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गराउने तयारी गरिरहेको बेला राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय बहिरा क्रिकेट संघ नेपालले पारा ओलम्पिक खेलकुद हुन गइरहेकाले बजेट अभाव हुने भन्दै परिपत्र गरेपछि प्रतियोगिता जेष्ठ १४ तगे सम्मका लागि सारिएको हो ।
अब प्रतियोगिता आउँदो जेष्ठ १४ देखि २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्क र राष्ट्रिय बहिरा क्रिकेट संघले अहिले पारा ओलम्पिक खेलकुदको तयारी भइरहेकाले बजेट अभाव हुन सक्ने भन्दै प्रतियोगिता स्थगित गर्न परिपत्र गरेपछि आफूहरुले प्रतियोगिताको निर्धारित मिति सारिएको बाँके बहिरा क्रिकेट संघका अध्यक्ष कार्यवाहाक अध्यक्ष सन्तोष केसीले बताए ।
साथै प्रतियोगिताको तयारीका लागि समय थप भएकाले प्रतियोगितालाई सफल बनाउनका लागि सबैलाई अनुरोध समेत गरेका छन् । जेष्ठमा हुने प्रतियोगिताबाट १५ जना खेलाडिहरुलाई छनौट गरी आगामी १२ देखि २४ अक्टोवरसम्म श्रलंकामा हुने विश्व कप बहिरा क्रिकेट प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बाँके, काठमाण्डौं, रुपन्देही, काँस्की, सुनसरी, मोरङ, मकवानपुर, धनुषा र झापा गरी ९ जिल्लाबाट सहभागिता जनाउने आयोजकले जनाएको छ । खेल प्रस्तावित अन्र्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा हुनेछ