नेपालगन्ज,१६ चैत/ कोहलपुरमा आगामी बैशाख ३ गतेबाट सुरु हुन गइरहेको नेपालगन्ज कपका लागि ९० जना खेलाडीहरु छनौट भएका छन् । ६ वटा टिम सम्मिलित कोहलपुरमा पहिलो पटक आयोजना गर्न लागिएको नेपालगन्ज कप नजिकिदै गर्दा ६ वटा टिमका लागि ाष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुको अनुभव बटुलिसकेका तथा नयाँ प्रतिभाहरुलाई समेत प्राथमिकता दिदै बिहिवार ९० जना खेलाडीहरुको छनौट भएको हो ।
प्रदेश नम्वर ५ को क्रिकेट विकासका लागि आयोजना गर्न लागिएको प्रतियोगितामा अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरिसकेका राष्ट्रिय खेलाडीहरुले टिममा नयाँ प्रतिभाहरुसंग मिलेर खेल्दा नयाँ खेलाडीहरुलाई प्रोत्साहन मिल्ने प्रतियोगिताका आयोजक तथा प्रबन्ध निर्दैशक मोहम्मद रफि ईराकीले बताए ।
टीम छनौट गर्दा प्रदेश नम्वर ५ बाट ७० प्रतिशत खेलाडीहरु र अन्य जिल्लाबाट ३० प्रतिशत खेलाडीहरु छनौट गरिएको प्रतियोगिताका ईभेन्ट डाईरेक्टर सौगात विक्रम शाहले बताए । ग्रिन ईभेन्टोको आयोजनामा हुन गइरहेको प्रतियोगितामा प्रत्येक टिममा १५ जना खेलाडी रहने छन् ।
खेलाडी छनौट समितिमा रा.खे.प प्रशिक्षक तथा अन्तराष्ट्रिय क्रिकेट प्रशिक्षक दिपेन्द« प्रताप सिंह, अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रशिक्षक जमिल अन्सारी, ईरफान खान, विक्र्रम श्रेष्ठ,मेराज अन्सारी, प्रबन्ध निर्देशक मोहम्मद रफि, ईभेन्ट डाईरेक्टर सौगात विक्रम शाह लगायतले गरेका हुन् ।
छनौट भएका खेलाडीहरुमा महेश क्षेत्री, सुवेन्दु पाण्डे, शौरभ खनाल, प्रनित थापा, अमर सिंह रौटेला, सिद्र्धात श्रेष्ठ, जितेन्द« सिंह ठकुरी, राजवीर सिंह, प्रेम तामाङ, सन्दीप सुनार, प्रज्वल शाही, सिद्धान्त राज शाही, अनुपम सिंह, प्रकाश के.सि, विनायक गिरि, सुजन पुन, समिर आचार्य, कृष्ण कार्की, सुशान्त सिंह थापा, सम्सुद्धिन अन्सारी, भिम सार्की, मनोज यादव, राहुल सिंह पोख्रेल, सुनिल भण्डारी, शाहरुख राजा, विशाल के.सि, दिवान पुन, संकेत पुन, गोपाल सिंह,लवकुष यादव,अजय साहानी,सुदिप जि.एम्,सोनु तामाङ,अख्तर हुस्सेन,आशिष राना मगर,विश्वास श्रेष्ठ,मनिष अर्याल,रोहन के.सि,अविनाश बोहरा रहेका छन् ।
यस्तै नासिर अन्सारी,सुदन पोख्रेल,निरज शाहु,भरत थापा,आकाश विष्ट,अजिज आलम,हसन खान,शरद खड्का,कैफ खान,रिक गौतम,रितेश शाह,विजय चौधरी,अमित तामाङ,भिम धमाला,रविश वर्मा,गौतम कनौजिया,दिपेन्द« रावत,यश हमाल,मनोज सुनार,प्रदिप गिरि,साहिद अन्सारी,सन्दाव अन्सारी,नारायण जोशी,विष्णु कतारिया,सद्याम हुस्सैद,अनिल खरेल,सागर थापा,शिव डांगी,अफजल खान,अफाख शेख,निर्मल थापा,हजित सिंह,आदिल खान,निजामुुद्दिन हल्वाई,सुनिल सुनार,खडानन्द शर्मा,अनिश शाही,सन्देश पाण्डे,जानु कसगर,अजय श्रेष्ठ,रमेश सिंह,ईमरान अलाम खान,शेर ओली,रोशन शाहु,मेराज अन्सारी,नन्दन यादव,सुमन डांगी,प्रतिक गिरि,विनोद लामा,तुलाराम,शैयद ईब्राहिम रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्