बर्दिया,१४ चैत/ बर्दियामा तीनवटा नदीको दिर्घकालिन व्यवस्थापन तथा नियन्त्रणका लागि करिब १७ अर्ब बराबर रुपैयाँ खर्च हुने आकंलन गरिएको छ । जुन दिर्घकालिन गुरु योजना अनुसार सम्पन्न गर्नु पर्ने अवस्था आएको छ ।
बबई, भादा, ओरही नदी ब्यवस्थापन आयोजनाको एउटा रिपोर्ट प्रतिवदेन अनुसार यस्तो खर्च हुने संकेत देखिएको हो । प्राप्त रिपोर्ट प्रतिवेदन अनुसार
भादा नदी नियन्त्रण तथा व्यवस्थापनमा रु २ अर्ब ओरही नदी नियन्त्रण तथा व्यवस्थापन १ अर्ब ७५ करोड, र बबई नदी नियन्त्रण तथा व्यवस्थापनमा १३ अर्ब २१ करोड ८ लाख ५८ हजार ३ सय ५५ रुपैया बराबरको प्रस्तावित अनुमाति लागत रहेको छ ।
भादा नदीको अध्ययन कार्य भईरहेको छ भने यसको प्रतिवेदन मस्यौदा विभागमा पेश गरिएको छ । ओरही नदीको पनि अध्ययन कार्य भई रहेको छ भने यसको प्राम्भिक प्रतिवेदनको प्रारुप तयार हुदै छ ।
बबई नदीको सन्र्दभमा भने बबई नदीको पण्डितपुर देखी नेपाल भारतको सिमा सम्म दायाँ किनारा तर्फको अध्ययन कार्य सम्पन्न गरिएको छ । रु. ३ अर्ब ९२ करोड १७ लाख १० हजार रुपैया लागत अनुमान गरिएको विस्तृत योजना प्रतिवेदन विभागबाट स्वीकृत भई नदी तटवन्ध तथा व्यवस्थापन गर्ने कार्य भईरहेको कार्यालय प्रशासनको दावी छ ।अर्को तर्फको भागको काम भने स्वीकृत हुन बाँकी रहेको छ ।
उता गुणस्तरिय काम भएको नभएको भन्ने विषयमा सबैले आ–आफनो ठाउँबाट निगरानी बढाउनु पर्नेमा कतिपय नदी जन्य प्रकोप विज्ञको सुझाव छ । भादा नदीको लम्बाई १६.९२ कि.मी र औसत चौडाई १.३ मिटर देखी २० मिटर सम्म छ भने ओरही नदीको लम्बाई २६ कि.मी रहेको छ ।
जुन पूर्व पश्चिम राजमार्गदेखि गेरुवा ओरही दोभान सम्मको हो । यस्तै ओरही नदीको औसत चौडाई ८० मिटर देखी ३ सय मिटर सम्म रहेको छ । यसै गरी बबई नदीको लम्बाई दायाँ किनारा ४८ कि.मी र बाँया किनारा ४६ कि.मी. रहेको छ ।
प्रतिवेदनमा प्रस्तावित संरक्षित नदी किनाराको लम्बाई दाँया किनारा २०.३७ कि.मी. र बायाँ किनारा २७.७७५ कि.मी. छ । यसै गरि औसत चौडाई ३ सय ६० मिटर देखी १ हजार २ सय मिटर सम्म रहेको छ । नेपाल सरकार सिचाई मन्त्रालय जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग अन्र्तगतको बबई, भादा, ओरही नदी व्यवस्थापन आयोजना गुलरिया बर्दिया पनि एक हो । गत २०७४ असोज ९ गते अनौेपचारिक रुपमा शुरुवात गरिएको भएता पनि गत माघ १ गते देखी उक्त आयोजनाको कार्यालय औपचारिक रुपमा सञ्चालन गरिएको थियो ।
बबई, भादा, ओरही लगायतका नदीबाट हुन सक्ने क्षेति न्युनिकरण गर्ने कार्य यसअघि जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय २० नम्बर बाँकेले हेर्दै आएको थियो । तर नेपाली कांग्रेस बर्दियाका सभापति तथा पूर्व सिंचाई मन्त्री संञ्जय कुमार गौतमका पालामा ३ वटै नदिको काम एकसाथ वृहत परियोजनाको रुपमा अगाडि बढाउने उद्देश्यले आयोजनाको छुट्टै कार्यालय बर्दियामा स्थापना गरिएको हो । नदी जन्य जोखिमबाट अति प्रभावित
जिल्ला मध्येको एउटा बर्दिया पनि पर्दछ ।









प्रतिक्रिया दिनुहोस्