पुजन र करिश्मालाई जिताऊ



कोहलपुर,११ चैत/  नेपाल गोल्डेन आइडलको गायन विधातर्फ पुजन गुरुङ्ग तथा नृत्य विधातर्फ फाइनलमा पर्न सफल करिश्मा शाही जिताऊ अभियान सञ्चालन गरिएको छ । अभियानलाई सफल बनाउनको लागि सम्पुर्ण कोहलपुरवासी विभिन्न संस्था, विद्यालय, सामुदायिक वन, सहकारी संस्थाहरुले सहयोग गर्नु अभियानताहरुले बताएका छन् ।

गुरुङ र शाही जिताऊ अभियान बाँकेका संयोजक सुर्य ढकालले यही चैत्र १० गतेदेखि प्रचार प्रचार र घरदैलो गर्नुका साथै माइकिङ समेत गरिरहेको जानकारी दिए ।

उनका अनुसार (आज) आइतबार कोहलपुरको न्युरोडमा वृहत साँस्कृतिक कार्यक्रम गरिदैछ । अभियानलाई सहयोग पुराउन सबै कोहलपुरबासी लाग्नु पर्ने कोहलपुर उद्योग वाणिज्य सघका पुर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि आह्वान गरे ।

गायततर्फ पुजन गुरुङ्गलाई भोट गर्न मोवाइलको मासेज बक्समा गएर NGI SPACe\ pg30f\ TYPe\  गरी 3300f\1 मा पठाउनु पर्ने छ भने करिश्मा शाहीलाई मासेज गर्दा NGI  SPACe\ ks38 type गरी  3300f\1 मा पठाउनु पर्ने छ ।

पुजन र कोहलपुर  नगरपालिका वडा न १२ का  हुन भने  करिश्मा शाही कोहलपुर  नगरपालिका वडान ५ की हुन ।  चैत्र  २६  गते  नेपाल गोल्डेन आइडलको  फाइन हुदै छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ११ गते आइतबार