सुनिता कुस्मी : कोहलपुर,११ चैत/ बाँकेको कोहलपुर नगरपालिकामा दुई दिने सुक्ष्म योजना गोष्ठी शनिबार सम्पन्न भएको छ । गोष्ठिको उद्देश्यबारे कोहलपुर नगर स्वास्थ्य शाखा संयोजक धन रेग्मीले प्रकास पारेका थिए ।
कोहलपुर नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरु, वडा सदस्य, स्वास्थ्य प्रमुख, महिला स्वयम्सेविकाहरु लगायतको सहभागितामा गरिएको गोष्ठीमा मध्यपश्चिमा अञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका जनस्वास्थ्य अधिकृत गोकर्ण गिरी तथा जिल्ला जनस्वास्थ्य बाँकेका खोप सुपरीर्वेक्षक देवीराम पराजुलीले सहजीकरण गरेका थिए ।
उक्त सुक्ष्म योजना तर्जुमा गोष्ठि बाट कोहलपुर नगरपालिकालाई पूर्ण खोप योजना बनाउनुका साथै नियमित सञ्चालन हुने खोप कार्यक्रमको सुक्ष्म योजना समेत तयार पारेको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत, क्षेत्रीय मेडिकल स्टोर प्रमुख डिल्लीराज पोखरेल, बाँकेका जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख खिमबहादुर खड्का लगायतको सहभागिता रहेका थियो । (परीक्षार्थी पत्रकार)









प्रतिक्रिया दिनुहोस्