रावन विश्वकर्मा : बर्दिया,११ चैत/ बाँसगढी उद्योग वाणिज्य संघको अध्यक्षको लागी २ जना आकाक्षी देखिएका छन । वाणिज्य संघका वर्तमान अध्यक्ष कटक वि.सि र वर्तमान वरिष्ठ उपाध्यक्ष रामसिङ थारु अध्यक्षमा आकांक्षी देखिएका हुन् ।
दुवै अध्यक्षका आकांक्षीहरुले व्यापारीहरुलाई आफ्नो पक्षमा पार्न आफ्नो कसरतमा लागेका छन् । अध्यक्षमा आकांक्षी देखिएका विसी र थारु दुवैले बढी भन्दा बढी व्यापारीहरु आफ्नो पक्षमा ल्याउन प्रतिस्पर्धामा जुटेका छन् । उनीहरुले सँघमा आवद्ध रहेका सदस्यहरुका सदस्यता नविकरण र नयाँ सदस्यताको विषयमा समेत गम्भिर चासो देखाएका छन् ।
बाँसगढी उद्योग वाणिज्य सँघको अध्यक्षमा दुवै जना नेकपा एमाले समर्थक व्यक्ति भएकाले झनै बाँसगढीमा चर्चाको विषय बनेको छ । सँघको अधिबेशन नजिकिदै गर्दा व्यापारी, समाजसेवी राजनितिकर्मी लगायतको चासोको विषय उद्योग वाणिज्य संघ बन्न पुगेको छ ।
कतिमा दुवै व्यक्ति एउटै पाटी समर्थक भएकाले कसको पक्षमा जाने भन्ने चासो छ भने कतिलाई पाटी नभएर व्यक्तिगत रुपमा समर्थन गर्नुे पर्ने भन्दै दुवै जनाको स्वभाव र खुबी लगायतको बारेमा विचार विश्लेषन भईरहेको देखिन्छ ।
दुबै एउटै पाटीका व्यक्ति अध्यक्षको आकांक्षी देखिए पछि पाटीले पनि सहमतिको लागी भुमिका खेल्नु पर्ने कतिको भनाई छ । बाँसगढी उद्योग वाणिज्य सँघको यहि चैत्र १५ गते दोस्रा अविधेशन तथा तेस्रो साधारण सभा हुदैछ ।









प्रतिक्रिया दिनुहोस्