आजदेखि फेसबुक चलाउन प्रतिबन्ध



जाजरकोट,१० चैत/  जाजरकोटको भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ ।

शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमुख भावना भण्डारीले जानकारी दिनुभयो ।

अब बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ । -रासस

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १० गते शनिबार