मुगु/ आगामी नयाँ वर्षसम्म सदरमुकाम गमगढीलाई क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै सिसिटिभी जडान गरी सञ्चालनमा ल्याउने छाँयानाथ रारा नगरपालिककाले निर्णय गरेको छ ।
वैशाख १ बाट सदरमुकाम क्षेत्रमा सो प्रविधि सञ्चालनमा ल्याउने तयारी नगरपालिकाले गरेको हो । नगर प्रमुख हरिजङ्ग शाहीको अध्यक्षतामा गत चैत ८ गते नगरपालिकामा बसेको बैठकले गमगढी बजार क्षेत्र भित्र नयाँ प्रविधिमैत्री बनाउन र अपराध न्यूनीकरण गर्न सिसिटिभी, साईरन सेट, लाईट विभिन्न स्थानमा जडान गरिने निर्णय गरिएको हो ।
नगर कार्यसभाबाट अनुमोदन हुने गरी गृहकार्य सुरु हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको आधिकारिक फेसबुकमा आगामी नयाँ वर्ष २०७५ वैशाख १ गते सम्म सञ्चालनमा ल्याउने निर्णय गरिएको बताइएको हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरिक्षक भिम किरण बोगटी लगायात, उपप्रमुख सुन्तला रोकाया लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्