नेपालगञ्ज,१० चैत/ नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ का बालवालिहरुलाई तीन महिने निशुल्क आधारभुत कम्प्युटर तालिमको शुरुवात गरिएको छ ।
“आर्थिक विकास र लक्ष्य प्राप्तिका लागि सहकारी” को मुल नाराका साथ नेपालगञ्ज वडा नं.२ र गुरूकुल बचत तथा ऋण सहकारी संस्थाको साझेदारी लक्षित वर्ग अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।
तालिमको उदघाटन कार्यक्रमा बोल्दै प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका उप मेयर उमा थापा मगरले अहिलेको युग प्रविधिको युग भएकोले कम्प्युटर शिक्षाको महत्व बढ्दै गएको र यसको प्रयोग सम्वन्धी सीप सिकाउनु आवश्क रहेको बताइन् ।
कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष सुनिल सिंह हमाल जिल्ला सहकारी संघ लिका अध्यक्ष प्रेम सुवेदी , बिषयगत बचत तथा ऋण सहकारि संघ लि.का अध्यक्ष बिनोद शाह, बहुउदेश्य जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष भुपेन्द्र अधिकारी, वडा सदस्यहरू, गुरूकुल सञ्चालक सदस्यहरू कर्मचारीहरू लगयत कम्प्युटर तालिम लिने प्रशिक्षार्थी र अभिभावकको उपस्थिति रहेको थियो । कार्यक्रम गुरूकुल बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सुरेन्द्र सिंह सरदारको सभापतित्वमा सम्पनन भएको थियो ।









प्रतिक्रिया दिनुहोस्