नगर सभाका सभासद् मित्रहरू,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा सबै चरणका निर्वाचन प्रक्रिया सकिएका छन् । देशमा ७६१ सरकारको गठन भएको छ । मिति २०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित हामी जनप्रतिनिधि स्थानीय सरकार सञ्चालन गर्दै आएका छौँ । सिंहदरवारको सेवा सुविधा जनतालाई घरदैलोमा पु¥याउने नीतिका साथ हामी अगाडि बढेपनि विभिन्न वाधा व्यवधान रहेका छन् । यसका वावजुद पनि
हामी जनतालाई सहज र सरल रुपमा सेवा प्रवाहमा निरन्तर अगाडि बढिरहेका छौँ । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, स्वाभिमान, जनजीविका, सबै किसिमका विभेद तथा उत्पीडनको अन्त्य र सामाजिक न्याय प्राप्तिको आन्दोलनका विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरू प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । राष्ट्रिय स्वाधीनता र स्वाभिमान, लोकतन्त्र, सङ्घीयता, जनजीविका, सुशासन र सम्बृद्धि प्राप्तिको आन्दोलन र क्रान्तिको नेतृत्व गर्ने राजनेताहरू, नागरिक समाज, सञ्चार जगत र सहभागी जनसमुदायलाई उच्च सम्मान र प्रशंसा गर्दै बधाई र धन्यवाद व्यक्त गर्दछु ।
सभासद् मित्रहरू,
अब म कोहलपुर नगरपालिकाको प्रथम नगर सभाबाट लक्षित गरेका नीति र कार्यक्रमको प्रगति तर्फ यहाँहरूको ध्यान आकर्षण गर्दछु ।
• आर्थिक वर्ष ः २०७४÷०७५ लाई पूर्वाधार निर्माण वर्षको रुपमा मनाइरहेका छौं । यस नगरपालिकाका सबै वडामा गरेर १२५ योजनाहरु सम्झौता भएका छन् । त्यसै गरी ५३ वटा योजनाको फर्छौट भएको छ । हामीले १३ वटा गौरबका योजनाहरुको टेन्डर गरी कार्यान्यवन चरणमा छन् ।
• कोहलपुर चौराहामा वर्षौदेखि सडक र सार्वजनीक जमिन अतिक्रमण गरी बसेका साना होटल व्यवसायीहरु र फुटपाथमा बसेका ठेलागाडा, घुम्ती तथा साना व्यापारी र व्यवसायीहरुलाई सो क्षेत्रबाट खाली गर्न सफल भएका छौं । अब चौराहालाई सफा सुन्दर पार्कको रुपमा निर्माण गर्ने कार्य शुरु भएको छ ।
• नगरलाई सफा, सुन्दर, सुरक्षित, समृद्ध, सवल र सक्षम नमूना नगरका रूपमा विकसित गर्न स्थानीय मातृभूमी नामक गैरसरकारी संस्थासँग समन्वय र सम्झौता गरी काम शुरु गरिएको छ । कोहलपुर नगरपालिका क्षेत्र हरियाली बनाउँन वृक्षारोपण गरिएको छ ।
• नगर भित्र १० वटा डिजटल यात्रु प्रतीक्षालयको स्थापनाको काम शुरु भएको छ ।
• छ महिनामा १३ वटा वडा कार्यालयहरुलाई ब्यवस्थापन गरी स्थानिय स्तरमा नै जनताले महशुस गर्ने गरी जनमैत्री सेवा प्रवाह गरिएकोछ ।
• कोहलपुर चौराहा निर्माणको लागि सिद्धार्थ हस्पिटालीटी संग सम्झौता गरिएको छ ।
• स्थानीय सरकारको अनुमति नलिई राखिएका होडिङ्ग बोर्ड तथा सडक अतिक्रमित व्यापारी हटाउने कार्य भइरहेको छ ।
• एकिकृत सम्पती कर लागु गर्नको लागि निर्देशिका बनेको छ ।
• नगरपालिका क्षेत्र भित्र ऐलानी तथा प्रति जग्गामा घर बनाई बसोबास गरेका व्यक्तिहरुबाट पूर्वाधार सेवा शुल्क लिइएको छ ।
• कोहलपुर नगरपालिका लाई गुटका निषेधित क्षेत्र घोषणा गरीएको छ । यस घोषणालाई पूर्ण सफल गराउँन नगरवासी को सहयोग आवश्यक देखिएको छ ।
• कोहलपुर १२ मा रहेको सृजना सामुदायिक वन क्षेत्रलाई जैविक यूक्त सुन्दर पार्कको रुपमा विकास गरी आन्तरिक र बाह्य पर्यटक आकर्षक स्थल बनाउने योजनामा अगाडि बढेका छौं ।
• नगर अदालत तथा मेलमिलाप सम्बन्धी कार्यहरूको व्यवस्थापन र सञ्चालनका लागि नगर उप–प्रमुखको संयोजकत्वमा नगर न्यायिक समिति गठन गरी न्याय सम्पादन भइरहेको छ ।
• कोहलपुर नगरपालिकाले नगरकार्यपालिकाको बैठक बाट र केही ऐन प्रथम नगर सभाबाट पारित गरि कार्यान्वयनको चरणमा छन् । हामीले पारित गरेका
तपशिलमा उल्लेखित ऐन, नियमावली, कार्यविधि, निर्देशिका, रहेका छन् ।
१. कोहलपुर नगरपालिका नगर सभा सञ्चालन कार्यविधि २०७४,
२. नगर कार्यपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७४,
३. नगर कार्यपालिका (कार्य विभाजन) नियमावली २०७४,
४. नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४,
५. कोहलपुर नगरपालिकाको विनियोजन विधेयक २०७४ तथा आर्थिक
विधेयक २०७४,
६. वारुदयन्त्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४,
७. जनप्रतिनिधिहरुको आचारसंहिता २०७४,
८. शिक्षा नियमावली २०७४,
९. निर्णय वा आदेश र अधिकारपत्र प्रमाणीकरण कार्यविधि नियमावली २०७४,
१० नगर प्रहरी सम्बन्धी नियमावली २०७४,
११. एफ.एम रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि २०७४,
१२.स्थानीय विपद व्यवस्थापन कार्यविधि २०७४,
१३.एकीकृत सम्पत्ति कर व्यवस्थापन निर्देशिका २०७४,
१४. टोल विकास संस्था समन्वय समिति गठन तथा परिचालन सम्बन्धी
निर्देशिका २०७४,
१५. कोहलपुर नगरपालिका न्यायिक समिति संचालन कार्यविधि २०७४,
१६. स्थानीय राजपत्र २०७४
१७. वडा नागरिकपत्र तयार गरिएको छ ।
कोहलपुर नगरपालिकाको दोस्रो नगर सभा मा तपशिलका ऐन हरु पेश हुँदैछन् ।
१. सहकारी ऐन २०७४,
२ं न्यायिक समितिले उजुरीको कार्बाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४,
३. कोहलपुर नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने ) ऐन २०७४,
४. आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून २०७४,
m प्रत्येक वडामा जेष्ठ नागरिकहरुका लागि एकिकृत स्वास्थ्य शिविर र आर्युवेदको स्वास्थ्य शिविर संचालन गरिएकोछ ।
m यस वर्ष देखि नगरमाता र नगरपिता घोषणा गरेर जेष्ठ नागरिकको सम्मान गरेका छौं । नगरमाता शिवकुमारी उपाध्याय र नगपिता हरीलाल जैसी यस वर्षका जेष्ठ नागरिक रहनु भएको छ ।
• कोहलपुरमा उज्यालो नगर अभियान कार्य शुरु गरिएको छ ।
• १३ विघामा रङ्गशाला तथा कभर्ड हल निर्माणका लागि डिपिआर गर्न अगाडि बढाएका छौं ।
• कोहलपुर चौराहामा बाघको मूर्ती राख्न निर्माण कार्य भएको छ ।
• गोलपार्कमा आधुनिक घण्टाघर निर्माणका लागि माटोको परिक्षण भएको छ ।
• व्यवसाय दर्ता तथा नविकरण गर्ने कार्य शुरु गरेका छौं ।
• प्रथम कोहलपुर मेयर कप अन्तर माध्यामिक खेलकुद प्रतियोगिता सबै विद्यालयको सहभागितामा सम्पन्न भएको छ ।
• बाँके राष्ट्रिय निकुञ्ज संगको सहकार्यमा चोरी शिकारी नियन्त्रण राष्ट्रिय युवा दिवस मनाएका छौं ।
• बढ्दो छाडा चौपायाको दिर्घकालिन रुपमा ब्यवस्थापनका लागि आवश्यक पहल गरेका छौं ।
• जिल्ला दैविक प्रकोप समितिबाट राहत पाउँन छुट भएका ६४३ जना बाढी पीडितहरुलाई राहत वितरण गरेका छौं ।
• लामो दुरीको बस सञ्चालन गर्न आवश्यक बसपार्कको डिपिआर तयार गर्न शुरु भएको छ ।
• कोहलपुर नगरपालिका वडा नं. ९ का १० जना महिलाहरुले ३ महिने सिलाईकटाई तालिम लिएका छन् ।
• कोहलपुर नगरपालिका २० जना पुरुष र ५ जना महिलाले उद्यमशिलता विकास तालिम लिएका छन् ।
• सरकारी कार्यालयहरुलाई कार्यालय निर्माणकालागि जमिन उपलब्ध गराएका छौं ।
• संचारग्रामको लागि पनि जमिन उपलब्ध गराएका छौं ।
• खेतीयोग्य जमिन खण्डीकरण कार्यलाई रोक लगाइएको छ ।
• कला र साँस्कृतिक जोगाउँन एक दिने थारु माघी महोत्वस सम्पन्न गरेका छौं ।
• कोहलपुर नगरपालिकाको कार्यालयमा शाखाहरुको विस्तार गरिएको छ ।
• अन्तराष्ट्रिय स्तरको खेलकुदमा प्रथम स्थान प्राप्त गर्ने खेलाडीहरुलाई हौशला स्वरुप आर्थिक सहयोग प्रदान गरेका छौं ।
• योजनाको विवरण उप–सभामुख ज्यू बाट प्रस्तुत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्