खजुरालाई पुर्णखोपयूक्त गाउँपालिका बनाइने



नेपालगन्ज,५ चैत/  बाँकेको खजुरा गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका बनाउनका लागि तयारी तिब्र पारिएको छ ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविकाहरु दैनिक जसो घर–घरमा पुगेर बालबालिकाले खोप लिए, नलिएको अनुगमनसंगै तथ्याङ्क संकलन गदै खोप नलिएका बालबालिका फेला परे उनीहरुलाई खोप दिने गरिएको छ ।

सो गाउँपालिकालाई चैतभित्र पुर्णखोप गाउँपालिका घोषणा गर्ने तयारी भइरहेको छ । सोही तयारी अन्र्तगत चैत ७ गते रनियपुर, ९ गते सोनपुर, १३ गते उडरापुरका वडाहरुलाई पुर्ण खोप वडा घोषणा गरिदै छ । यसअघि राधापुर र सितापुर पुर्ण खोप वडा घोषणा भइसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ५ गते सोमबार