नलगाड हाईड्रोपावरलाई जाजरकोटीकोे चेतावनी



जाजरकोट/    नलगाड हाईड्रोपावर कम्पनीलाई प्रभावित क्षेत्रका स्थानीयलवासीले ४ वुद्धे चेतावनी दिएका छन् । काठमाण्डौँको थापागाउँमा रहेको कार्यालयमा गएर आइतवार जाजरकोटीले चेतावनी दिएका हुन् ।

बा १७च ५२०७ नम्वरको गाडी दुरुपयोग भएको भन्दै तत्काल कम्पनीमा ल्याइनुपर्ने , प्रभावित क्षेत्रका स्थानीयलाई विशेष प्राथमिक दिएर काम काम गरिनुपर्ने , जथाभावि रुपमा नियूक्ति गरिएका कर्मचारीहरु तत्काल हटाउनुपर्ने ताँसुगाड जलविद्युत आयोजना निर्माणको काममा गति दिइनुपर्ने माग राखि जाजरकोटीले चेताउने दिएका हुन् ।

बा १७ च ५२०७ नम्वरको कम्पनीको गाडी दुरुपयोग गरि व्यक्तिगत प्रयोजनमा लगाएको भन्दै प्रभावित क्षेत्रका स्थानीयले आक्रोष व्यक्त गरेका छन् । हाईड्रोपावरका कार्यकारी अधिकृत(सिईओ) नरेन्द्रसिंह भण्डारीको मिलोमतोमा सल्यानका कृष्ण शर्माले भदौ महिनादेखि व्यक्तिगत रुपमा प्रयोग गदै आएको पाइएपछि जाजरकोटले विरोध गरेका हुन् ।

राजनीतिक आडमा जाजरकोट नलगाड नगरपालिकाका प्रभावित क्षेत्रका स्थानीय , वुद्धीजिवीसंग समन्वय नगर्दा काममा समेत समस्य भइरहेको छ । डिपिआरको जिम्म पाएको स्मेक कम्पनीलाई समेत पटक पटक पत्र काटेर माथिको निर्देशन भन्दै मानसिक रुपमा तनाव दिने गरेको खुल्न आएको छ ।
सिईओ भण्डारीसंग प्रतिक्रिया लिन खोज्दा फोन नै नउठाएपछि प्रतिक्रिया लिन सकिएन् ।

नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाबाट काठमाण्डौँमा रहेको हाईडो«पावरको कार्यालयमा सुचना वुझन जाँने व्यक्तिलाई भण्डारीले प्रवेशमा रोक समेत लगाएको यहाँका प्रभावित क्षेत्रका सेवक चन्दले वताए । आफ्ना माग २४ घण्टा भित्र सम्वोधन नभए कम्पनीको कार्यालयमा तालावन्दी गर्ने
धर्मराज सिंहले जानकारी दिए ।

नलगाड हाईडोपावर निर्माणका लागि चाहिने विद्युत उत्पादनका लागि निर्माण हुँन लागेको रग्दा स्थित ताँसुगाड जलविद्युत आयोजना निर्माण हुँन नदिन अर्को विद्युत निकाल्नका लागि सम्झौता भइसकेको समेत प्रभावित क्षेत्रका स्थानीयले आरोप लगाएका छन् ।

आयोजना निर्माण नहुँने देखिएपछि डिजेल पलान्ट निर्माण गर्ने मुडमा नलगाड हाईडोपावरका सिईओ नरेन्द्रसिंह भण्डारी पुगेको स्रोतले बताएको छ ।
जाजरकोटका सांसदलाई समेत खवर नगरि विभिन्न दिर्घकालिन निर्णय गराउँदै जाँदा हाईड्रोपावर निर्माणमा समस्य देखिएको सांसद गणेसप्रसाद सिंहले जानकारी दिए ।

हाईड्रोपावर जाजरकोटको नलगाड नगरपालिका वडा ७ मा निर्माण हुँदै छ । यो ४ सय १० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । हाईड्रोपावर निर्माणको काम छिटो भन्दा पनि आयोजना काम ढिला हुँने तर्फ ध्यान तानिरहेको स्थानीयको आरोप छ

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ५ गते सोमबार