मध्यपश्चिमद्वारा चर्चित साहित्यकारहरु सम्मानित



नेपालगञ्ज,४ चैत/   मध्यपश्चिम गजल प्रतिष्ठानले यस क्षेत्रका चर्चित गजलकारहरुलाई सम्मान गरेको छ ।

प्रतिष्ठानको १२ औं स्थापना दिवसको अवसरमा शनिबार नेपालगन्जमा सम्पन्न भएको कार्यक्रममा प्रख्यात गजलकार बुद राना (भैरहवा) लाई प्रकाश राजापुरी गजल सम्मान, उर्दू कवि जमील अहमद हाशमी (नेपालगञ्ज) लाई फारुक अहमद आरिफ गजल सम्मान र युवा कवि जनक रसिक(धनगढी) लाई प्रेम प्रकाश मल्ल गजल सम्मान अर्पण दिइएको थियो ।

कार्यक्रममा बोल्दै चर्चित गजलकार बु“द रानाले विविधतायुक्त साहित्यलाई नेपालगन्जले साथै लिएर उदाहरण पेश गरेको बताए ।
उनले बिभिन्न भाषा, भाषी, धर्म, सम्प्रदायको साहित्यक्षेत्रलाई साथै लिएकोमा प्रशंसा गरे ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ४ गते आइतबार