1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

पिप्रहवा खुला दिसामुक्त वडा घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ४, २०७४  

कोहलपुर,४ चैत/   ‘एक घर एक चर्पी नेपालगन्जको सान पूर्णसरसफाइयुक्त नगर हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको पिप्रहवा वडालाई खुला दिसा मुक्त वडा घोषणा गरिएको हो ।

वडा नं. १५ पिप्रहवामा ७ सय ४१ घरधुरी रहेको छ, जसमा सबै घरधुरीले चर्पी प्रयोग गरिरहेको वडा सचिव शोभाकर भण्डारीले बताए । खुल्ला दिसा मुक्त घोषणा समारोह कार्यक्रममा खुला दिसामुक्त गराउन सहयोग पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ ।

जिल्ला सम्मन्वय समितिका अध्यक्ष अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत
हरि प्याकुरेल, वडा नं. १५ का वडा अध्यक्ष बल्लन कवडिया लगायतले धारणा राखेका थिए । कार्यक्रमको संचालन ओवीराज आचार्यले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, चैत्र ४, २०७४     7:05:56 AM  |