22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

नेपालगन्ज गोल्ड कप किन स्थतित भयो त ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र ३, २०७४  

नेपालगञ्ज,३ चैत/ फुटवल संघ बाँकेको आयोजनामा हरेक वर्ष हुदै आएको ‘टुर्वोग तेस्रो नेपालगन्ज गोल्ड कप’ निर्धारित समयमा नहुने भएको छ ।

आयोजकले चैत २ गतेदेखि १० गतेसम्म नेपालगन्ज रंगशालामा नेपालगन्ज गोल्ड कप आयोजना गर्ने तयारी गरेको भए पनि असहज वातावरण तथा प्राविधिक कारणले प्रतियोगिता हुन नसकेको अध्यक्ष भोजराज शाहीले जानकारी दिएका छन् ।

शुक्रबार एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै अध्यक्ष शाहीले उक्त प्रतियोगिता आगामी बैशाख महिनामा गरिने जानकारी दिएका छन् । तर प्रतियोगिता नेपालगन्ज रंगशालामा हुन्छ की अन्य ठाउ“मा हुन्छ भन्ने खुलाइएको छैन ।

बिज्ञप्तीमै प्रतियोगिता बाँकेमै हुने उल्लेख छ । शाहीले जारी गरेको बिज्ञप्तीमा असहज वातारण र प्राविधिक कारणले प्रतियोगिता हुन नसकेको बताए पनि थप खुलाएका छैनन् ।

प्रतियोगिता आयोजना हुने निर्धारित समय आईपुग्दा प्रतियोगिता स्थगित भएको खुलाउदा आफुहरु दुःखी भएको बिज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मितिः शनिबार, चैत्र ३, २०७४     8:14:30 AM  |