सुदीप अधिकारी : बर्दिया,३ चैत/ उमेरले ४८ वर्ष पुगिन अम्बिका थारु । सानो छँदा भेडाबाख्राको गोठालो र बुझने हुँदा घरको चुलोचौकोमै स्कूले उमेर बिताएकी बर्दिया ठाकुरबाबा नगरपालिका– ३ नेउलापुरकी अम्बिकाको दैनिकी आजभोली भने फेरीएको छ ।
यतीखेर उनी चुलोचौकोका साथै कितावसँग पनि रमाउन थालेकी छन् । उनी अहिले स्कुले उमेरको अधुरो पढाइलाई पुरा गर्ने अठोटका साथ कक्षा ८ को परीक्षा दिइरहेकी छन् ।
२६ वर्ष अघि कक्षा ७ पास भए लगत्तै घरजम गरेपछि टुटेको पढाइलाई अम्बिकाले अहिले निरन्तरता दिएकी छन् । तीन सन्तानकी आमा अम्बिका गत वैशाखमा स्थानीय सरस्वती आधारभूत विद्यालय नेउलापुरमा कक्षा ८ मा भर्ना भएकी थिइन् । अहिले उनी त्रिभुवन मावि परीक्षा केन्द्रबाट कक्षा ८ को स्थानीय तह स्तरीय परीक्षामा दिइरहेकी छन् ।
सामान्यतया नातीनातिना स्याहेर बस्ने उमेरमा पनि पढन थालेपछि इच्छा भए पढाईलाई उमेरले छेक्दैन भन्ने कुरालाई उनले सावित गरिदिएकी छन् । उनका
जेठा छोरा कक्षा १२ पास गरेर कोरियन भाषा सिक्दैछन् ।
माइली र कान्छी छोरी क्रमश ११ र १० मा पढ्दै छन् । आधारभूत तह अध्ययन पुरा गर्ने उमेर भनेको १२÷१३ वर्षसम्म हो । तर, उमेरले पाँच दशक पुग्नै
लाग्दा पनी अधुरो पढाईलाई पुरा गर्ने उनको यो अठोटलाई सबैले स्यावासी दिएका छन् ।
यो उमेरमा पनि अधुरो पढाईलाई पुरा गर्ने अठोट लिएर स्कूल जानु अत्यन्तै अनुकरणिय काम रहेको स्थानीय शिक्षक प्रदिप भण्डारीले बताउँछन् । अम्बिकाको माइत सदरमुकाम गुलरिया हो । पढने उमेरमै बा–आमाले बिहे गरी दिएपछि उनको पढाई टुटेको थियो । ‘पढ्ने उमेरमा बिहे भयो ।
बिहेपछि घर व्यवहारले च्याप्यो । छोरा छोरीलाई हुर्काउन, पढाउनमै समय बित्यो । अहिले छोराछोरी हुर्के, पढे । अनि मैले पनि टुटेको पढाई पुरा गर्ने अठोट लिए” अम्बिकाले सुनाइन् । पढने उमेर गयो भनेर बस्नु भन्दा पढनकालागि उमेरले छेक्दैन भन्ने लागेर पढाई सुरु गरेकी हु,’ उनले थपिन् ।
आफु पढन थालेपछि छोराछोरी र श्रीमान दंग परेको उनले सुनाइन् । लेख्न, पढ्न लाज मान्न हुदैन भन्दै अम्बिकालाई उनका श्रीमानले पनि निकै हिम्मत दिएका छन् । उनका श्रीमान खेती किसानी गर्छन् ।
समाजसेवा गर्न रुची राख्ने स्वभाव भएकी अम्बिका अहिले महिला स्वयंमसेविका छिन् । स्वयंमसेविका भएकाले पनि पढाइलाई निरन्तरता दिने मनसायले पढ्न थालेकी बताउँछिन् । ‘तालिम गोष्ठिमा जानुपर्छ ।
तथ्याङ्क भर्नु पर्छ । सबैले पढाईको योग्यता सोध्छन् । त्यसैले पनि पढ्ने इच्छा जगाएको हो । धेरै नसकेपनि एसईई पास गर्ने उनको अठोट छ” उनले भनिन्,।
यो उमेरमा पढ्दाका केही तिता अनुभव पनि उनीमा छ ।
‘समाजका केहीले यो उमेरमा पढेर के गर्न खेजेकी हो भन्थे । सुरुसुरुमा त आफुलाई पनि अप्ठ्यारो लाग्यो । अब त केही अप्ठ्यारो लाग्दैन ।’ आफुले पढन थालेपछि गाउँका २÷४ जना महिलाले पनि पढन इच्छा गरेको अम्बिकाले सुनाइन् ।
अम्बिाका जस्तै ठाकुरबाबा नगरपालिका–१ डुम्रेनी गाउँका ३५ वर्षीय दिर्ग टमटाले पनि यतिखेर कक्षा ८ को परीक्षा दिइरहेका छन् । पारिवारिक कारणले उनले बिचमै पढाई छाडेका थिए । पढाई छाडेर रोजगारकालागि भारत पसेका टमटाले पटकपटक गरी करिव दश वर्ष मुम्बईमा बिताए ।
मुम्बईमा काम गर्ने क्रममै विरामी भएर उनी थला परेको बताइन् । विरामीले अपाङ्गता भएका टमटा अहिले गाउँमै छन् । अहिले समयमा आएर पढाइको महत्व बुझेपछि फेरी पढाई सुरु गरेको टमटा बताउँछन् ।