‘सीमाको विषयमा बेलायतको मध्यस्थता खोजेका होइनौं’



काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादमा बेलायतको मध्यस्थता नखोजेको बताएका छन् । नयाँ दिल्लीमा पत्रकारसँग बोल्दै खनालले नेपाल र भारतको सीमा विवादको विषयमा बेलायतको मध्यस्थता खोजेको नभई दस्तावेजहरूको पहुँचको कुरा गरेको बताएका छन् ।

संसदमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सीमा विवादका लागि बेलायत सरकारसँग पनि कुरा गरिरहेको बताएका थिए । त्यसको जवाफमा परराष्ट्रमन्त्री खनालले भने, ‘हामीलाई ऐतिहासिक प्रमाणहरू आवश्यक पर्छन्, हामी यूकेका पुस्तकालय वा संग्रहालयहरूमा हुनसक्ने केही दस्तावेजहरूमा हाम्रो पहुँच हुन सक्छ कि भनेर हेर्न मात्र चाहन्थ्यौँ । यसको अर्थ हामीले मध्यस्थता मागेका हौँ भन्ने होइन ।’

खनालले प्रधानमन्त्री बालेनको भनाइलाई थप व्याख्या गर्दै नेपाल र भारतबीच आपसी कुराकानी र कूटनीतिक माध्यमबाट सीमा विवादहरू समाधान गर्न चाहेको उल्लेख गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार