8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

डिग्री दोस्रो वर्षका विद्यार्थीले गरे परीक्षा वहिष्कार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २, २०७४  

नेपालगञ्ज,२ चैत्र/  पाठ्यपुस्तक भन्दा बाहिरको प्रश्न आएको भन्दै मास्टर डिग्रीका विद्यार्थीहरुद्वारा परिक्षा बहिष्कार गरेका छन् । मानविकी संकाय दोश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले अध्ययन गरेको भन्दा बाहिरको प्रश्न आएको भन्दै परिक्षा बहिष्कार गरेका हुन् ।

शुक्रबार नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा सञ्चालन भएको परीक्षामा सहभागी ५५ जना विद्यार्थीहरुमध्ये अधिकांशले परीक्षा बहिष्कार गरेका छन् । पाठ्यपुस्तक भन्दा बाहिरको प्रश्न आएपछि आफूहरु उत्तर नदिएरै बाहिर निस्केको विद्यार्थीहरुले बताएका छन् । पढाउँदा शिक्षकहरुले पाठ्यपुस्तकबाटै प्रश्न भनेर आउँछ भनेर पढाउने गरेपनि परिक्षा दिनजाँदा बाहिरको प्रश्न आएको हुँनाले परिक्षा नदिएरै बाहिर निस्केको एक जना विद्यार्थीले बताए ।

पाठ्यपुस्तकको ३० प्रतिशत र पाठयपुस्तक भन्दा बाहिरको ७० प्रतिशत प्रश्न आएको विद्यार्थीहरुको भनाइ छ । ५५ जना विद्यार्थीहरुले परीक्षा दिएपनि ४० जना जतिले परिक्षा बहिष्कार गरेको विद्यार्थी नेताहरुको भनाइ छ ।

यस्तै महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख गणेश कुमार रेग्मीका अनुसार विद्यार्थीहरुले परीक्षा चलिरहेकै बेला विद्यार्थीहरुले परीक्षाभन्दा बाहिरको प्रश्न आएको भन्दै परीक्षा बहिष्कार गरेको बताए । विद्यार्थीहरुले बहिष्कार गरेकोबारे परीक्षा नियन्त्रण केन्द्रमा जानकारी गराइसकेको उनले बताए । उता, परिक्षा प्रश्नपत्रमा समस्या नभएको परिक्षा नियन्त्रण कार्यालयले जानकारी गराएको क्याम्पस प्रमुख रेग्मीले बताए ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २, २०७४     7:52:00 PM  |