8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

मेस्टर प्रणालीका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २, २०७४  

कोहलपुर,२ चैत/    बाँके कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका स्नाककोत्तर तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीह?लाई सेमेस्टर प्रणालीका बारेमा प्रशिक्षण गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्रदेखि त्रिवि सम्बन्धन प्राप्त सबै क्याम्पसमा स्नाककोत्तर तहमा सेमेस्टर प्रणाली लागु गरेको छ . त्रिविले दुई वर्षअघि त्रिविअन्तर्गतका केन्द्रीय विभागहरुमा मात्र सेमेस्टर प्रणाली लागु गरेको थियो ।

वार्षिक परिक्षा प्रणाली भन्दा सेमेस्टर प्रणालीमा विद्यार्थीको स्तरमा सुधार पाइएकोले यसै बर्षवाट देशै भरीका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागु गरिएको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका सहायक क्याम्पस प्रमुख कृष्ण अधिकारीले बताएका छन् ।

‘सेमेस्टर प्रणालीमा पढ्नका लागि विद्यार्थीले ८० प्रतिशत कक्षामा हाजिर भएको हुनैपर्छ’ उनले भने ८० प्रतिशतभन्दा कम हाजिर भएको विद्याार्थी परीक्षामा सहभागी हून नपाउने नियम छ ।’

सेमेस्टर प्रणालिले दक्ष जनशक्ति उत्पादन गर्ने भएकाले उच्च शिक्षामा त्रिभूवन विश्वविद्यालयले यो वर्षदेखि लागू गरेको उनले बताए । विद्यार्थीहरुलाई प्रशिक्षणदिँदै प्राध्यापक टेकेन्द्र कुमार महताराले सेमेस्टर प्रणालीमा विद्यार्थी र शिक्षक विच सहकार्य हुन आवश्यक रहेको बताउँदै विद्यार्थीहरुको भावना अनुसारको शिक्षण सिकाई क्रियाकलाप हुने बताए ।

कार्यक्रममा बोल्दै प्राध्यापक ललित प्रकाश चन्दले उच्च शिक्षा हासिल गरिसकेपछि उचित स्थान पाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सेमेस्टर प्रणाली आवश्यक रहेको बताए ।

बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरमा यो वर्ष देखि स्नाककोत्तर तह प्रथम वर्षमा सेमेस्टर प्रणाली लागु भएको छ । कार्यक्रममा क्याम्पसका प्राध्यापक प्रमोद सुवेदी, बलाराम शर्मा लगायत विद्यार्थीहरुको उपस्थिति रहेका थियो ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २, २०७४     6:54:00 AM  |