रोल्पा,१ चैत/ ट्रयाक्टर दुर्घटनामा परी बुधबार रोल्पामा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी रोल्पा नगरपालिका–१० साउनेपानीका १३ वर्षीय दिलबहादुर विष्ट र सोही ठाउँका १४ वर्षीय बालाराम विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
साउनेपानी समुदायको पोखरी निर्माणका लागि सल्ले जंगलबाट ढुंगा बोकेर साउनेपानी जाँदै गरेको रा १ त ३३६३ नम्बरको ट्याक्टर बाटोबाट करिब एकसय मिटर तल खसेकर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ चैत १ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्