विमान दुर्घटनाका मृतकहरुको सम्झनामा दीप प्रज्वलन



रावन विश्वकर्मा : बर्दिया,३० फागुन/  विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति समवेदना स्वरुप बाँसगढीमा दीप प्रज्वलन गरिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस बंगालाको विमान दुर्घटनामा ज्यान गुमाएका नेपाली तथा बिदेशी नागरिकहरुको समवेदना स्वरुप तथा दुर्घटनामा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनाक गर्दै बाँसगढीमा दीप प्रज्वलन गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रममा नगरप्रमुख शालिकराम अधिकारीले घाइतेहरुको शिघ्र स्वास्थ्य एवं दिर्घायुको कामना गर्दै मृतकहरुप्रति समवेदना प्रकट गरेका थिए ।
नगर स्तरीय बाल सञ्जाल बाँसगढीको नेतृत्वमा मंगलबार बाँसगढी बाँसीहरुले मृतकहरुप्रति समवेदना र घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मंगरबार साँझ बजारको मुख्य चोकमा दीप प्रज्वलन गरेको नगर स्तरीय बाल सञ्जालकी सिजृना सुबेदीले बताइन् ।

दीप प्रज्वलन कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेल, बाल सञ्जालका प्रतिनिधि, युवा, व्यापारी लगायत बाँसगढी बाँसीहरुको उलेख्य सहभागिता रहेको थियो । सोमबार भएको दुर्घटनामा परी विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ३० गते बुधबार