मिसन समाचारदाता : कोहलपुर,२९ फाल्गुन/ शिक्षासेवी तथा सफल महिला उद्यमी रेबती सिंहलाई ‘मोटिभेट सवल नारि सम्मान २०७४’ प्रदान गरिएको छ . नेपालगंज स्थित सिद्धार्थ कटेजको हलमा सोमबार मोटिभेट न्युज डटकमद्धारा आयोजित सफलताको बाटो नामक विशेष उत्प्रेरणात्मक कार्यक्रमका विच सिंहलाई सम्मान गरिएको हो . महिला शसक्तिकरण र नेतृत्वदायी भूमिकामा रहेर शिक्षा र समाजसेवामा पुर्याएको योगदानको कदर गर्दै उनलाई सो सम्मान प्रदान गरिएको हो .।
करिव एक हजार जना युवाहरुको उपस्थितिमा नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले दोसल्ला र सम्मान पत्र सहित उनलाई सम्मान गरेको थिए । . उक्त कार्यक्रममा उत्प्रेरक वक्ताको रुपमा दृष्टिविहिन उत्प्रेरक बक्ता सृष्टि के.सी, विश्व साइकल यात्री पुष्कर शाह, चर्चित उत्प्रेरक वक्ता वि.के शर्मा लगायतले सहभागि यूवाहरुलाई उत्प्रेरित गरेका थिए . सम्मान पश्चात सिंहले सम्मानले आफूलाई कर्मक्षेत्रमा निरन्तर लाग्न थप हौसला मिलेको प्रतिकृया दिईन । .









प्रतिक्रिया दिनुहोस्