मिसन समाचारदाता :कोहलपुर २९ फागुन/ बाँकेको राप्ती सोनारीमा डढेलो नियन्त्रण सचेतना अभियान सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । सामुदायिक वन महासंघ बाँकेको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा राप्ती सोनारी गाउपालिका वनजगंल र जैविक विविधतामा धनी भएको र वर्षेनी हुने आगलागीका कारण सो क्षेत्रमा थुप्रै वनजगंल नोक्सान हुने हुदाँ डढेलो लाग्नु भन्दा पहिले नै सचेतना उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सामुदायिक वन महासंघ नेपाल बाँकेका अध्यक्ष डिल्ली गिरीले बताए ।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले डढेलो बाट वनजगंल र जैविक विविधता नष्ट हुने हुदाँ समयमा डढेला न्युनीकरण गर्न सबै लाग्नु पर्ने बताए । कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका सबै सामुदायिक वन तथा वडाहरुमा सचेतना प्रवाह गर्ने र गांउपालिकाको समन्वयमा चैत १ गते देखी ७ गते डढेलो सप्ताह मनाउने निणर्य गरिएको बताईएको छ ।
साथै कार्यक्रमा राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री वडा नं २ का वडा अध्यक्ष मदन वली,वडा नं ३ का अध्यक्ष गंगाराम ४ नं वडा अध्यक्ष कान्छा थारु ८ नं का अध्यक्ष खुम बहादुर थारु ९ का अध्यक्ष महाविर वली सामुदायिक वनका अध्यक्षहरु सचिवहरु सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।