शिवपुरी गाँउ पुर्ण सरसफाइयूक्त घोषणा



नेपालगञ्ज,२७ फागुन/  बाँकेको जानकी गाउँपालिका वडा नं. १ शिवपुरीलाई पूर्ण सरसफाइयूक्त टोल घोषणा गरेरिएको छ । ‘शिवपुरी हो यसको नाउँ, पुर्ण सरसफाई हाम्रो गाउँ’ भन्ने मुल नाराका साथ शिवपुरीलाई सरसफाइयूक्त घोषणा गरिएको हो ।

जानकी गाउँपालिकाका प्रमुख राम निवास यादव, उपप्रमुख भुमिसरा धिताल, सल्लाहकार पदम धिताल, शिवपुरीका वडा अध्यक्ष मोहम्मद रजाराई, समाजसेवी इन्द्र बहादुर थापा, पुर्ण सरसफाई समितिका संयोजक टंक कुमारी थापा, बाँके युनेस्को क्लवका पदाधिकारी, पत्रकार लगायतको सयुक्त अनुगमनले शिवपुरी टोललाई पूर्ण सरसफाइयूक्त टोल घोषणा गरिएको हो ।

शिवपुरीमा १ सय ६३ घरघुरी रहेको टोलमा ६ सय ५६ जना टोलमा बसोबास गर्छन । २०७४ बैशाख २८ गते शिवपुरी गाउँलाई खुल्ला दिशामुक्त गाउँ घोषणा गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २७ गते आइतबार