कोहलपुर,२४ फाुगन/ बाँकेको कोहलपुर नगरपालिकाको आयोजनामा बिहिबारबाट प्रथम अन्तर मा.वि मेयर कप रनिङ शिल्ड प्रतियोगिता सुरु
भएको छ ।
प्रतियोगिताको बाँके क्षेत्र न.१ ‘ख’ की प्रदेश सभासद आरती पौडेलले तथा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले संयुक्त रुपमा जोडी परेवा उडाएर उद्घाटन गरेको थिए ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पौडेलले विद्यार्थीहरुलाई अब सौद्धान्तिक ज्ञानसँगै खेलकुदसँग समावेश गराई विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाहरुको उचित मूल्याङ्कन गर्नुपर्ने बताइन् । साथै उनले कोहलपुरलाई खेलकुद क्षेत्रका रुपमा चिनाउनका लागि राज्यले खेलकुद क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन् ।
प्रतियोगिताको पहिलो दिन सम्पन्न लङजम्प तर्फको खेलमा छात्र तर्फ बालविद्या मन्दिरका अनिल वि.क. प्रथम, ज्ञानज्योति मावि चप्परगौडीका सुरेन्द्र चौधरी
द्वितीय र डाईनामिक माविका तिर्थ बहादुर चौधरी तृतीय भएका छन् ।
त्यस्तै छात्रा तर्फ साईनिङ्ग स्टारकी ज्योति थापा प्रथम, नेपाल राष्ट्रिय मावि खड्कवारकी हिमसरी खड्का द्वितीय र पञ्चमुखी ई.मि.
की विजया कुँवर तृतीय भएकी छिन् ।
त्यस्तै भलिबल छात्र तर्फ सम्पन्न भएको प्रतियोगितामा साईनिङ्ग स्टार मावि, ज्ञानज्योति मावि, सगरमाथा मावि विजय भएका छन् भने छात्रा तर्फ नोवेल स्कुल, बागेश्वरी एकेडेमी, नमूना विद्यासदन मावि, जनज्योति मावि विजय भएका छन् ।
प्रतियोगितामा नीजि तथा सामुदायिक विद्यालय गरी ३४ वटा विद्यालयहरुको सहभागिता जनाएका छन् भने प्रतियोगितामा राष्ट्रिपति रनिङ शिल्ड संचालन निर्देशिकामा आधारित छात्र÷छात्रा दुवै तर्फ फिल्ड र ट्रयाकका एक सय मिटर, पन्ध्र सय मिटर दौड, लङजम्प र भलिबल लगायतका खेलहरु समावेश गरिएको आायोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ५१ हजार, द्वीतिय हुनेलाई ३१ हजार र तृतीय हुनेलाई २१ हजार पुरस्कार राशि रहेको आयोजकले जनाएको छ ।
त्यस्तै केहि समय भित्र उपमेयर कप क्रिकेट प्रतियोगिता हुने आयोजकले जनाएको छ । रनिङ शिल्ड प्रतियोगिता फागुन २६ गते सम्म संचालन हुने छ ।