शिविरमा साढे ४ सय बढिको आँखा जाँच



सल्यान/   सल्यानको सल्लीवजारमा मंगलबार देखी सञ्चालन भएको २ दिने आँखा शिवीरमा ४ सय ८५ जनाले आँखाको चेक जाँच गरेका छन् भने ९७ जनाको आँखाको शल्याक्रिया गरेका छन् ।

बन्गाड कुपिण्डे नगरपालीका, कुमाख गाउपालिका र सुर्खेत सिम्ता गाउँपालीकाका , छिमेकी जिल्ला जाजरकोट रुकुम लगाएतका स्थानीय नागरिकहरुले उक्त सेवा लिएको डा विष्णु खनालले जानकारी दिएका छन् ।

नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल रक्षचौर दाङ्गको प्राविधीक सहयोग, नेपाल सरकारको आर्थिक सहयोग तथा बन्गाड कुपिण्डे नगरपालीका, रेडक्रस उपशाखा सल्ली बजारको आयोजनमा शिवीर सञ्चालन भएको रेडक्रस सल्लीका सभापति पुष्कर वि.सीले बताए ।

साथै रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउमा पनि यहि फाल्गुन २५ र २६ गते आँखा शिविर सन्चालन हुने नेत्रज्योती संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २४ गते बिहीबार