कोहलपुर,२३ फागुन/ बाँकेको कोहलपुरमा ५४औँ जुनियर÷यूवा रेडक्रस दिवसको अवसरमा मंगलबार एकदिने सचेतना गोष्ठी गरिएको छ 
‘रेडक्रसका जुनियर÷यूवा, दिगो विकासमा पु¥याउँछ टेवा’ भन्ने मूल नाराका सम्पन्न गोष्ठीमा यस क्षेत्रका करिब २० वटा जुनियर/यूवा रेडक्रस सर्कलमा आवद्ध विद्यालयका ४० बढी विद्यार्थीहरुलाई रेडक्रस सचेतनात्मक गतिविधिका बारेमा जनकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलले आफ्नो पढाइसँगै मानविय सेवामा विद्यार्थीहरु लाग्न अनुरोध गर्दै देश विकासका लागि युवाहरु नै सचेत हुनपर्नेमा जोड दिएका थिए ।
त्यस्तै विद्यार्थीहरुलाई रेडक्रसका गतिविधिका बारेमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका कार्यालय प्रमुख लाल बहादुर रानाले जनताका दुःख/सुःखमा साथ दिनु रेडक्रसकर्मीको धर्म भएको बताए ।
कार्यक्रममा ट्राफिक नियमका बारेमा समेत विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । कोहलपुर–नेपालगञ्ज सडक खण्डमा पुगेर विद्यार्थीहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराइएको थियो ।
ट्राफिक नियमका बारेमा जानकारी दिँदै मध्यपश्चिमाञ्चल क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका डिएसपी दिवाकर घिमिरेले सवारी साधानको तिव्र गति, सिटबेल्ड, जेब्रा क्रसिङ्गका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
जुनियर/यूवा तथा क्षमता समितिका संयोजक गोविन्द वाग्लेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रेडक्रस प्रेमीहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्