५औं डाँफेकप फुटवल प्रतियोगिता फागुन २४ गतेदेखि सञ्चालन हुने



नेपालगञ्ज,२२ फागुन/  न्यू डाँफे स्पोर्टस क्लब डिगाउँको आयोजनामा ५औं डाँफे कप नकआउट फुटबल प्रतियोगिता यहि फागुन २४ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक न्यू डाँफे स्पोर्टस क्लबले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी दिएको जानकारी गराएको हो ।
सो प्रतियोगितामा १३ वटा क्लबको सहभागिता रहने छ । प्रतियोगितामा क्लबले बढिमा ४ जनासम्म क्षेत्र बाहिरका खेलाडी सहभागी गराउन पाउने क्लबका अध्यक्ष तिलकबीर सुनारले जानकारी दिए ।
प्रतियोगिताको विजेताले एक लाख ३५ हजार ५ सय ५५ र दोस्रो हुनेले ६५ हजार ५ सय ५५ नगद, शिल्ड र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब चार लाख २६ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । न्यू डाँफेले प्रथम पुरस्कार २५ हजारबाट सुरु गरेकोमा ४० हजार, ५५ हजार हुँदै गत वर्ष एकलाख ११ हजार १ सय ११ रुपैयाँ राखिएको अध्यक्ष सुनारले बताए ।
सो अवसरमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले डि गाउँमा खेलकुदको लागि उपयुक्त ठाउँ रहेको बताए । खेलकुदका लागि डि गाउँको फिल्डमा खेलकुद समितिले १० लाख लगानी समेत लगाएको हुनाले खेलकुदको लागि डि गाउँको फिल्ड उपयुक्त रहेको बताउए । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष वलीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सहयोग गरिने बताए ।
यस्तै अखिल नेपाल फुटबल संघका पुर्व केन्द्रीय उपाध्यक्ष गोवद्र्धन सिंह सम्झना, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही र पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले ग्रामिण क्षेत्रमा यसखालको प्रतियोगिता हुनु आफैमा उपलब्धीमूलक भएको बताए ।
बाँके जिल्लामा फुटबल गतिविधि सुस्ताएको अवस्थामा न्यू डाँफेले पुनः क्रियाशिलता गराउन सकेको भन्दै सहभागीले प्रशंसा गरेका थिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शाहीले खेलमा प्राविधिक सहयोग गरिने बताउनुभयो ।
पाँचौ प्रतियोगितसम्म पुग्दा क्लवले हरेक वर्ष धनराशीको पुरस्कार थपिदै गएको छ । प्रथम पटक आयोजना गरेको खेलमा २५ हजार धनराशीको प्रतियोगितबाट सुरु गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २२ गते मंगलबार