सिजि फुड्सको वार्षिक उत्सवमा रक्तदान



रावन विश्वकर्मा : बर्दिया,२२ फागुन/  सि.जि फुड्स ईन्टरप्राईजेज प्रा.लि.को दोस्रो वाार्षिक उत्सवको उपलक्ष्यमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ । लाईन्स क्लव बाँसगढी र सि.जि फुड्स ईन्टरप्राईजेज प्रा.लि. बाँसगढीको आयोजना र नेपाल रेडक्रस सोसाईटी नेपालगञ्जको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन ।

बिहान १० बजे देखि २ः३० बजेसम्म भएको रक्तदान कार्यक्रममा सि.जि फुड्स ईन्टरप्राईजेज प्रालिका कामदारहरु र कार्यक्रममा सहभागीहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको जिसि फुड्स ईन्टरप्राईजेज प्रालिका मानव स्रोत तथा प्रशासन प्रमुख तुल्सी रेग्मीले बताए ।

रक्तदान कार्यक्रममा सिजि फुड्स ईन्टरप्राईजेजका प्रमुख रामकाजी सिटौला, बाँसगढी नगरपालीकाका नगर उपप्रमुख सुष्मा चौधरी, नेपाल रेडक्रस सोसाईटी कोहलपुर बाँकेका राजेन्द्र कुमार महतो, नेपाल रेडक्रस सोसाईटी नेपालगञ्जका उपेन्द्र कुमार नेपाल, लाईन्स क्लव बाँसगढीका अध्यक्ष सुरेन्द्र कुवर, लाईन्स क्लव बाँसगढीका रामचन्द्र लामिछाने, रामसिंह थारु, बाँसगढी उद्योग बाणिज्य सँघ बाँसगढीका अध्यक्ष कटक वि.सि, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पाल, सशस्त्र प्रहरी बल कर्तनियाका साहायक प्रहरी निरिक्षक केशव बुढा लगायतको सहभागीता रहेको थियो ।

बाँसगढी नगरपालीका ३ भगरामा रहेको सिजि फुड्स ईन्टरप्राईजेस प्रालिले आफ्नो बार्षिक उत्सवको अबसरमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । मार्च ८ तारिकमा पर्ने दोस्रो बार्षिक उत्सव बाँसगढी नगरपालीकामा रहेका बिद्यालयका उत्कृष्ठ बिद्यार्थीहरुलाई छात्र बृति बितरण, बिभिन्न खेलकुद लगायतका कार्यक्रमहरुको आयोजना गरि भव्य रुपमा मनाईने सि.जि ईन्टरप्राईजेज प्रा.लिका प्रमुख रामकाजी सिटौलाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २२ गते मंगलबार